अनेरास्ववियु महाधिवेशन : मतदान जारी, १५ सय प्रतिनिधि सहभागी

२०८२ जेठ २९ विहिवार
सारांश
  • कीर्तिपुरमा जारी महाधिवेशनमा अध्यक्षका लागि सुजन कडरिया र प्रकाश पौडेल प्यानलबीच प्रतिस्पर्धा हुँदैछ । अखिल महाधिवेशनमा करिब १५ सय प्रतिनिधि सहभागी भएको पूर्वअध्यक्ष सुनिता बरालले बताइन् ।

काठमाडौं : अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको मतदान प्रक्रिया जारी छ । 


कीर्तिपुरमा जारी महाधिवेशनमा अध्यक्षका लागि सुजन कडरिया र प्रकाश पौडेल प्यानलबीच प्रतिस्पर्धा हुँदैछ । अखिल महाधिवेशनमा करिब १५ सय प्रतिनिधि सहभागी भएको पूर्वअध्यक्ष सुनिता बरालले बताइन् ।


उनले भनिन्, ‘निर्वाचन बिहानैबाट सुरु भएको छ । करिब करिब १५ सय ३७ जना प्रतिनिधि सहभागि हुनुहुन्छ । विभिन्न ४० ठाउँमा मतदान हुँदैछ । विद्युतीय माध्यमबाट मतदान हुँदैछ । अहिलेसम्म शान्तिपूर्ण रुपमा स्वच्छ प्रतिस्पर्धाका साथ सबै निर्वाचनमा सहभागी भइरहनु भएको छ ।’ 


यसैगरी निर्वाचनको भोटिङ प्रक्रिया चार बजेसम्म जारी रहने छ । निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार