प्रतिपक्षका नेताहरुलाई कानुनी डण्डा वर्षाउने काम कुशासन हो : गुरुङ

२०८२ जेठ २३ शुक्रवार
सारांश
  • शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमा उनले प्रतिपक्षलाई छानीछानी सत्ता र शक्तिको दुरुपयोग गरी बदला लिने ओली सरकार सत्तापक्षीय नेताहरुलाई छानविन भन्दा पुरस्कृत गरिरहेको बताए ।

काठमाडौं : नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले प्रतिपक्षका नेताहरुलाई कानुनी डण्डा वर्षाउने ओली सरकारको शुशासन नभइ कुशासन भएको बताएका छन् । 


शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमा उनले प्रतिपक्षलाई छानीछानी सत्ता र शक्तिको दुरुपयोग गरी बदला लिने ओली सरकार सत्तापक्षीय नेताहरुलाई छानविन भन्दा पुरस्कृत गरिरहेको बताए । 


उनले भने, ‘प्रतिपक्षलाई छानीछानी सत्ता र शक्तिको दुरुपयोग गरी बदला लिने ओली सरकार सत्तापक्षीय नेताहरुलाई छानविन भन्दा पुरस्कृत गरिरहेको छ ।’


नेपालको स्थायीत्व र शान्तिलाई खल्बल्याउने विदेशी योजना अनुसार पछिल्लो समयमा प्रतिपक्ष दलका मुख्य नेताहरुलाई वर्तमान सत्ताले विभिन्न बाहानामा आक्रमण गरिरहेको समेत गुरुङले आरोप लगाएका छन् । 


नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भ्रष्टाचारको मुद्दा दायर गरिनु, रास्वपा सभापति रवि लामिछनेमाथि हदभन्दा बढी कानुनी डण्डा बर्षाउनु, कुलमान घिसिङलाई हटाउनु, बालेन शाहलाई चलाईराख्नु प्रतिशोध र बदलाभाव भएको पनि उनको भनाइ छ । 


सोही क्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले अग्नि सापकोटा र सूर्यमान दोङलगायतका मुद्दा नियमित अदालतको नभइ टीआरसीको क्षेत्राअधिकारभित्र पर्ने बताए ।


भण्डारीले शान्ति सम्झौता भएको २० वर्ष र जनयुद्धकालिन मुद्धा किनारा लगाउन आयोग बनेको १० वर्ष वितिसक्दा पनि शान्ति सम्झौतालाई तार्किक निष्कर्षमा पुर्याउनतिर दलहरुको ध्यान नहुनुको परिणाम पछिल्लो आवस्था आएको जिकिर गरे ।


संक्रमणकालिन न्यायको सिद्धान्त अनुसार जनयुद्धकाललिन उपलब्धि र क्षति कुनै एकपक्षको मात्रै नभएर सम्पूर्ण राज्यको भएको बताउँदै त्यसमा सबै एकजुट भएर किनारा लगाउनुपर्ने बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार