पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण सद्भावपूर्ण र फलदायी : मन्त्री भण्डारी

२०८२ जेठ १९ सोमवार
सारांश
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणबाट फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणबाट दुई देशबीचका साझा मान्यता, सम्झौता र सम्झदारीलाई पुनःताजकी गर्ने एउटा सद्भाव भ्रमणको रहेको भन्दै यसमा चिनिया सरकारको सकारात्मक प्रतिबद्धता आएको बताए ।


काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिममन्त्री दामोदर भण्डारीले चिनिया सरकारको तर्फबाट भएका सम्झदारीहरु उत्साहका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको बताएका छन् ।  


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणबाट फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणबाट दुई देशबीचका साझा मान्यता, सम्झौता र सम्झदारीलाई पुनःताजकी गर्ने एउटा सद्भाव भ्रमणको रहेको भन्दै यसमा चिनिया सरकारको सकारात्मक प्रतिबद्धता आएको बताए । 


उनले भने, ‘नेपाल–चीनको पूरानो सम्बन्ध, लामो समयदेखिको मित्रतालाई अझ सुदृढ गर्ने र दई देशबीचका साझा मान्यताहरु सम्झौता एवम सम्झदारीलाई पुनःताजकी गर्ने सद्भाव भ्रमणको रुपमा रह्यो । भएका सहमतिहरुलाई पुनःताजकी र कार्यान्वयन गर्ने कुरामा चिनिया सरकारको तर्फबाट उत्साहका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।’


यस्तै, उनले दुई देशबीचको सम्बन्धलाई अझ उन्नत रुपबाट अगाडि बढाउने, आपसी सम्बन्धहरुलाई मजवुद बनाउने विषयको छलफलहरुमा पनि सहभागी भएको बताए । 


राजधानी बेइजिङ र गान्सुमा उच्चस्तरीय भेटवार्ता तथा चिनियाँ कम्युनिस्ट पार्टीद्वारा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँगको संवाद र सभ्यतासँग सम्बन्धित कार्यक्रमलाई सम्बोधन गरेर भण्डारी नेतृत्वको टोली सिचुआन प्रान्तको छेन्दु हुँदै आज स्वदेश फर्किएको हो । 


चीन भ्रमणका क्रममा भण्डारीले चिनियाँ उपराष्ट्रपति, चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख व्यक्तित्वहरुसँग भेटवार्ता गरेकी थिइन् ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार