नेपालको मौलिक सांस्कृतिक सम्पदा, भेषभूषा, नृत्य, र संस्कार हामी सबैको परिचय हुन् : अध्यक्ष दाहाल
२०८२ जेठ १७ गते शनिबार
- कार्यक्रम व्यवस्थापन संघ नेपालको ५ औँ वार्षिक साधारण सभा एवं विशेष सम्मान समारोहमा बोल्दै उनले नेपाल विविध कला, संस्कृति र लोकपरम्पराको लागि निकै धनी राष्ट्र भएको बताएका हुन् ।
काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नेपालको मौलिक सांस्कृतिक सम्पदा, भेषभूषा, लोककला, नृत्य, गीत र संस्कार नेपाली सबैको परिचय र मेरुदण्ड भएको बताएका छन् ।
कार्यक्रम व्यवस्थापन संघ नेपालको ५ औँ वार्षिक साधारण सभा एवं विशेष सम्मान समारोहमा बोल्दै उनले नेपाल विविध कला, संस्कृति र लोकपरम्पराको लागि निकै धनी राष्ट्र भएको बताएका हुन् ।
उनले भने, ‘कार्यक्रम व्यवस्थापन संघ नेपालले कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएको छ । कुनै पनि कार्यक्रम व्यवस्थापन गर्दा कार्यक्रमको समारोहको चरित्रसँग मिल्नेगरि नेपाली कला, साहित्य, संस्कृति र पर्यटनलाई टेवा पुग्ने गरि कार्यक्रम स्थललाई सघाउनु भयो भने हाम्रो नेपालको परम्परागत संस्कृति र कलाको पनि प्रचार हुनेछ । र पर्यटनमा पनि आकर्षण बढ्ने छ । नेपाल विविध कला, संस्कृति र लोकपरम्पराको लागि निकै धनी राष्ट्र हो । नेपालको मौलिक सांस्कृतिक सम्पदा, भेषभूषा, लोककला, नृत्य, गीत र संस्कार हाम्रो परिचय र मेरुदण्ड हुन् ।’
साथै उनले कार्यक्रम व्यवस्थापन संघ नेपालले गर्ने हरेक कार्यक्रमहरुले नेपाल बाहिर पनि सांस्कृतिक कार्यक्रमहरु कुटनीतिक रुपमा स्थापित भैइरहेको बताए । उनले हरेक कार्यक्रमहरुले आन्तरिक पर्यटनहरुको प्रवद्र्धन र सामाजिक सांस्कृतिक जागरणमा समेत सकारात्मक प्रभाव पारिरहेको समेत बताए ।
उनले भने, ‘कार्यक्रम व्यवस्थापन संघ नेपालले गर्ने हरेक कार्यक्रमहरुले नेपाल बाहिर पनि सांस्कृतिक कार्यक्रमहरु कुटनीतिक रुपमा स्थापित भैइरहेका छन् । जसले हाम्रो संस्कृतिलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने कार्यमा महत्वपूर्ण भूमिका खेलेको छ । यस्ता कार्यक्रमहरुले आन्तरिक पर्यटनहरुको प्रवद्र्धन र सामाजिक सांस्कृतिक जागरणमा समेत सकारात्मक प्रभाव पारिरहेका हुन्छन् ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’