देश दलदलमा फस्यो, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह
२०८२ जेठ १५ गते बिहिबार
- बिहीबार काठमाडौंमा आयोजित ‘वर्तमान व्यवस्था दलतन्त्र कि गणतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अहिले देशको अर्थतन्त्र डामाडोल, सामाजिक सद्भाव भद्रगोल र युवाहरुको भविष्य अन्यौंल अवस्थामा रहेको भन्दै देश दलदलमा फस्दै गएको बताए ।
काठमाडौं : आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देश दलदलमा फस्दै गएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘वर्तमान व्यवस्था दलतन्त्र कि गणतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अहिले देशको अर्थतन्त्र डामाडोल, सामाजिक सद्भाव भद्रगोल र युवाहरुको भविष्य अन्यौंल अवस्थामा रहेको भन्दै देश दलदलमा फस्दै गएको बताए ।
उनले नेताहरुको सबै प्रयासहरु क्रमशः असफल भइरहेको र जनतालाई सेवा दिनुको साटो दलका नेताहरु तमासा देखाइरहेको बताए ।
‘अहिलेका हाम्रा पार्टीका प्रमुख स्वघोषित राजाहरुलाई, अब तपाईँहरुको सबै प्रयासहरु असफल भयो । अब देशलाई निकास दिनुस् । तपाईँहरु फेरि जिद्दि गर्नुहुन्छ भने जनतालाई स्वीकार्य छैन । अब देशलाई चाहिएको छ निकास । त्यो भनेको अन्तरीम सरकार ।
प्रधानमन्त्रीजीलाई म भन्न चाहन्छु– तपाईँहरुले सबै प्रयास गर्नुभयो । काहीँ दुनियाँमा नभएको अभ्यास गर्नुभयो । न्यायाधीशलाई सरकार प्रमुख बनाउनुभयो । विपरीत जनादेश पाएको अपवित्र गठबन्धन बनाउनुभयो । समस्यामात्रै सिर्जना गर्नुभयो,’साहले भने, ‘फेरि पनि म प्रधानमन्त्रीलाई भन्न चाहन्छु– राजीनामा दिनुस् । यो सडकमा तमासा गरेर तपाईँले सुख पाउने आवस्था छैन । तपाईँले राजीनामा दिनुहुन्छ भने जनता र देशले शान्ति पाउनेछन् । अन्तरीम सरकारमात्रै अहिलेको निकास हो भन्ने म ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले देशको व्यवस्था परिवर्तनका लागि आफूले जनयुद्ध र जनआन्दोलनका क्रमम अग्रभागमा रहेर लडेको स्मरण गराउँदै पछिल्लो समय सबै कुरामा धोका भएको बताए ।
आफू लोकतन्त्रका लागि लडेको भएपनि त्यसलाई नेताहरुले दलतन्त्र बनाएको, संघीयताको लागि लडेकोमा ७६१ वटा सरकार बनाएर दुनियाँमा कतै नभएको काम गरिएको उनको आरोप छ ।
यस्तै, उनले देशमा अहिले गणतन्त्र नभएर दलतन्त्र हाबी भइरहेको भन्दै गणतन्त्र नेपालमा देखाउने दाँतमात्रै भएको बताए ।
नेपालका ठूला भनिएका नेताहरुको सन्तान भने विदेश पठाएको र भएभरको सम्पत्ति उतै थुपारेको र केही नलागेपछि अब उनीहरु पनि विदेशतिरै जान तम्तयार भएर बसिरहेको उनले बताए ।
प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कुनै हालतमा गणतन्त्रवादी हुनै नसक्ने पनि उनको भनाई छ ।
कार्यक्रममा अर्थविद् प्राडा गोपीलाल न्यौपानेले मुलुक गणतन्त्रबाट बाहिर जान नसक्ने बताए । उनले हजारौंको बलिदानीबाट आएको गणतन्त्र सडकमा दुई चार जनाले सडकमा नाराबाजी गर्दैमा कतै पनि नजाने दाबी गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।