नयाँ प्रविधिको प्रयोगमा नजाँदा कामको प्रक्रियाहरु लामो हुने समस्या छ : मन्त्री पन्त
२०८२ जेठ ९ शुक्रबार
- शुक्रबार काठमाडौंमा आयोजित समावेशी शिक्षाको नीतिगत व्यवस्था र भावी मार्गचित्रसम्बन्धित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले परम्परागत प्रक्रियालाई तोडेर नयाँ प्रविधिमा जाँदा कामको प्रक्रियालाई छोटो र सहजतामा रुपान्तरण गर्न सकिने बताएका हुन् ।
काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रद्युजी पन्तले नयाँ प्रविधिको प्रयोगमा नजाँदा कतिपय कामको प्रक्रियाहरु लामो हुने समस्या रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित समावेशी शिक्षाको नीतिगत व्यवस्था र भावी मार्गचित्रसम्बन्धित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले परम्परागत प्रक्रियालाई तोडेर नयाँ प्रविधिमा जाँदा कामको प्रक्रियालाई छोटो र सहजतामा रुपान्तरण गर्न सकिने बताएका हुन् ।
उनले भने,‘शिक्षा एउटा आपरिहार्य र महत्वपूर्ण विषय हो । मैले के अनुभव गरेको छु भने अहिले पनि हाम्रो राज्यको तर्फबाट उपलब्ध गराउनुपर्ने न्यूनतम सुविधाहरु पनि उपलब्ध गराउन सकेको अवस्था छैन् । केही हाम्रो आर्थिक अवस्था त्यस्तै छ त्यहीमाथि काम गर्ने प्रक्रिया असाध्यै लामो छ । जुन परम्परागत प्रक्रिया छ त्यसलाई पनि तोड्न सकेको छैनौं । नयाँ प्रविधिमा जाँदा रुपान्तरण गर्न सकिन्छ कि भन्ने हाम्रो चाहाना छ । तर अझैपनि भएको छैन ।’
त्यस्तै उनले, आजको छलफलले समावेशी शिक्षाको नीतिगत व्यवस्थालाई अझ परिमार्जन गर्ने पनि बताए । कतिपय प्रावधानमा संशोधनको माग आउँदा संशोधन र परिमार्जन गर्न हिचकीचाउन नहुने पनि उनको भनाई छ ।
उनले भने,‘हाम्रो आजको छलफलले समावेशी शिक्षाको नीतिगत व्यवस्थालाई अझ परिमार्जित गर्छौं । आजको छलफलले यसका कतिपय प्रावधानमा संशोधनको माग गर्छ भने हामी संशोधन र परिमार्जन गर्न हिचकीचाउन पर्ने केही छैन् ।’
मन्त्री पन्तले बनेका राम्रा नीतिहरु थन्किएर बसेको भन्दै व्यवहारमा लागू हुन नसकेको धारणा राखे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’