‘आयोगमाथि आयोग थप्ने काम मात्र भयो, मिटरब्याजी पीडितले न्याय पाएनन्’

२०८२ जेठ ६ मंगलबार
सारांश
  • मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले यस अघिको आयोगलाई असहयोग गरियो, असफल बनाइयो, अहिले काम चलाउ प्रतिवेदन लेख्न अर्को आयोग गठन भइरहेको भन्दै यसरी आयोग मात्र थपेर पीडितले न्याय नपाउने बताइन् ।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटरब्याजी पीडितहरुको विषय आयोगमाथि आयोग थप्ने काम मात्र भएको बताएकी छन् । 


मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले यस अघिको आयोगलाई असहयोग गरियो, असफल बनाइयो, अहिले काम चलाउ प्रतिवेदन लेख्न अर्को आयोग गठन भइरहेको भन्दै यसरी आयोग मात्र थपेर पीडितले न्याय नपाउने बताइन् । 


उनले भनिन्, ‘मिटरब्याजीहरुको न्याय कहिले पाउछन् । तर पीडितलाई पीडित बनाइएको छ । कति समय अझ आन्दोलन गराइरहने ? आयोगमाथि आयोग थप्ने र पीडितको समस्या बेवास्था गर्ने राज्यको यो कस्तो नीति हो ?’


यस्तै, उनले मिटरब्याजमा गृहमन्त्री, मन्त्री, सांसद र नेताहरुको कहि कतै भाग छ भनेर शंका उत्पन्न हुनेगरि काम नगरियोस् भन्दै मिटरब्याजी पीडितहरुलाई न्याय दिनुपर्ने माग गरेकी छन् ।  


उनले भनिन्, ‘सिंहदरबारमा पीडितलाई प्रवेश निषेध गरिएको छ । मिटरब्याजी पीडितहरुको समस्या यसरी समाधान हुँदैन् । आफ्नो पार्टीको साहु जोगाउन पीडित माथि राजनीति नगरौं । मिटरब्याजमा गृहमन्त्री, मन्त्री, सांसद र नेताहरुको कहि कतै भाग छ भनेर शंका उत्पन्न हुनेगरि काम नगरौं । मिटरब्याजी पीडितहरुलाई न्याय दिनुपर्यो ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार