३४ दिन गृह मन्त्रालय सम्हाल्दा लामिछानेले सबै तस्करहरु नियन्त्रणमा लिए’

२०८२ जेठ ५ सोमबार
सारांश
  • सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अहिलेका गृहमन्त्रीले कुनै काम गर्न नसकेको बताएका हुन् ।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले ३४ दिन मात्रै गृह मन्त्रालय सम्हालेका रवि लामिछानेले सबै तस्करहरु नियन्त्रणमा लिन सकेको बताएका छन् । 


सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अहिलेका गृहमन्त्रीले कुनै  काम गर्न नसकेको बताएका हुन् ।


उनले भने, ‘भर्खरै क्यापिटल नेपाल नामक एउटा मिडियामा समाचार आएको छ र त्यसमा लेखिएको छ–जब गृहमन्त्री रवि लामिछाने आए तब सीमाबाट हुने चोरी तस्करी नियन्त्रणमा ठूलो सफलता मिलेको बताउँछन् । तर त्यसपछिका गृहमन्त्रीहरु तस्करी नियन्त्रणमा कुनै काम नगरेको बताउँछन् । यो हो हामीले गर्ने स्टन्ट । राष्ट्रिय स्वतन्त्र पार्टीले ३४ दिनमा गरेको गृहमन्त्रालय सम्हाल्दै गर्दा कसरी तस्करी नियन्त्रण गरेका थियौं भन्ने कुरा स्टन्ट हो ?’


साथै उनले न्यायलयप्रतिको विश्वास कमजोर हुँदै गइरहेको बताए । उनले  न्यायलयले न्याय देला भनेर विश्वास गर्ने ठाउँ कहिँकतै नरहेको बताए ।


उनले भने, ‘आज न्यायलयहरुले विभिन्न संरक्षण त दिइरहेको छ तर यो अभ्यासले गर्दा न्यायलयप्रतिको विश्वास कमजोर भइरहेको छ । न्यायलयले न्याय देला भनेर विश्वास गर्ने ठाउँ कमजोर हुँदै गएको छ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार