आज तीनवटा समितिको बैठक बस्दै

२०८२ जेठ ४ आइतबार
सारांश
  • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज दिनको साढे ३ बजे बस्ने भएको छ । बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन पेश गरिने कार्यसूची रहेको छ ।

काठमाडौं : संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछ । आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।


शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज दिनको साढे ३ बजे बस्ने भएको छ । बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन पेश गरिने कार्यसूची रहेको छ । 


यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक विहान ११ः३० बजे बस्दैछ । बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट हालसम्म भएका कामकारवाही प्रगति एवं आगामी कार्ययोजनामा छलफल गरिने कार्यसूची रहेको छ । 


यसैगरी आज विधायन व्यवस्थापन समितिको ६९ औँ बैठक पनि बस्दैछ । दिनको १ बजे बस्ने बैठकमा ऐन कार्यान्वयन मापनको स्थलगत अध्ययनको समिक्षा सम्बन्धमा छलफल गरिने छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार