राप्रपाको जिल्ला अधिवेशन असोज मसान्तभित्र सक्ने निर्णय

२०८२ जेठ ४ आइतबार
सारांश
  • आइतबार राप्रपाको केन्द्रिय कार्यसम्पादनको बैठकको निर्णय सुनाउँदै अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वनिर्धारित जिल्ला अधिवेशन असोज मसन्तासम्ममा सक्ने निर्णय भएको जानकारी दिए ।

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो जिल्ला अधिवेशन आगामी असोज मसान्तसम्म सक्ने निर्णय गरेको छ ।  


आइतबार राप्रपाको केन्द्रिय कार्यसम्पादनको बैठकको निर्णय सुनाउँदै अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वनिर्धारित जिल्ला अधिवेशन असोज मसन्तासम्ममा सक्ने निर्णय भएको जानकारी दिए ।  


उनले जेठ १५ गते काठमाडौंमा हुने आन्दोलनमा उपत्यका बाहिरका जिल्लाहरु पनि सहभागिता गराउने जानकारी दिएका छन् । उनले कम्तिमा सात दिनका लागि उपत्यका बाहिरका जिल्ला कार्यकर्ताहरुलाई पनि बोलाउने निर्णय भएको बताए । 


उनले ‘राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय कार्यसम्पादन समितिको बैठकले पार्टीको पूर्वनिर्धारित जिल्ला अधिवेशन सम्पन्न गर्न अलिहे समय परिमार्जन गरेर असोज मसान्तसम्मको म्याद बनाएका छौँ । असोज मसान्त सम्ममा सबै जिल्ला अधिवेशन सक्ने निर्णय भएको छ,’ उनले अगाडि भने,‘जेठ १५ गते काठमाडौंमा हुने आन्दोलनमा काठमाडौं उपत्यका बाहिरका जिल्लाहरुपनि सहभागिता गराउने र कम्तिमा सात दिनकालागि उपत्यका बाहिरका जिल्लाका कार्यकताहरुलाई पनि आमन्त्रण गर्ने निर्णय गरेको छ । साथै रबिन्द्र मिश्रलगायतका आस्थाका बन्दीहरुको लागि कानुनी सहायता र शुभेक्षा प्रकट गर्ने सबैलाई धन्यवाद दिने साथै मिश्रलाई अदालतमा निशुल्क एवम स्वतस्फूर्त रुपमा बहस गर्न सहयोग गर्नेलाई धन्यवाद दिने निर्णय भएको छ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार