दिपक बाहोराको सपना पूरा गर्नेछौं : अध्यक्ष लिङदेन

२०८२ जेठ १ बिहिबार
सारांश
  • राप्रपाका संस्थापक, पूर्वमन्त्री, वरिष्ठ नेता दिपक बोहराको ४५औं दिनको पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले बोहराप्रति श्रद्धा सुमन व्यक्त गर्दै उनका अधुरा सपना र जिम्मेवारी सबै मिलेर पूरा गर्नुपर्ने बताए ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वरिष्ठ नेता दिपक बोहराको निधनले पार्टी, देश र आन्दोलनलाई ठूलो क्षति पुगेको बताएका छन् । 


राप्रपाका संस्थापक, पूर्वमन्त्री, वरिष्ठ नेता दिपक बोहराको ४५औं दिनको पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले बोहराप्रति श्रद्धा सुमन व्यक्त गर्दै उनका अधुरा सपना र जिम्मेवारी सबै मिलेर पूरा गर्नुपर्ने बताए । 


उनले भने, ‘म वरिष्ठ नेता दिपक बोहराप्रति श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु । उहाँको निधनपछि राप्रपाले धेरै ठूलो क्षति भोग्नु परेको छ । उहाँलाई सँधै सम्झने छौ । उहाँको निधनले पार्टी, देश र हाम्रो आन्दोलनलाई ठूलो क्षति भएको छ तर क्षतिलाई शक्तिका रुपमा लिए अगाडि बढ्नेछौ । अब उहाँका बाँकी सपना र जिम्मेवारीसबै मिलेर पूरा गर्नुपर्छ ।’ 


सोही क्रममा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पनि स्व।बोहराको आत्माको शान्तिको कामना गरेका छन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार