बजेट प्राथमिकताका साथ खर्च गर्दा परिणाममुखी काम गर्न सकिन्छ : कांग्रेसका प्रवक्ता महत
२०८२ जेठ १ बिहिबार
- बिहीबार बजेटको पूर्वतयारी छलफलमा बोल्दै उनले बजेटलाई प्राथमिकताका साथ खर्च गर्दा परिणाममुखी काम गर्नसक्ने बताएका हुन् ।
काठमाडौं : पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले बजेट प्राथमिकताको आधारमा खर्च गर्नुपर्ने बताए ।
बिहीबार बजेटको पूर्वतयारी छलफलमा बोल्दै उनले बजेटलाई प्राथमिकताका साथ खर्च गर्दा परिणाममुखी काम गर्नसक्ने बताएका हुन् ।
‘अब हामीले वास्तविकताका साथ भन्नुपर्छ यती हाम्रो स्रोत छ यसलाई प्राथमिकताका साथ यो आधारमा खर्च गर्छौ जति खर्च गर्छौ परिणाममुखी काम देखाउछौ । तर सबै गर्न सक्दैनौ तर प्राथमिकताको आधारमा खर्च गर्यौ भने सडक लगायतका योजना कहाँ मात्र गर्ने, अनिवार्य रुपमा उत्पादन हुने, पर्यटनको आगमन हुने ठाउँमा सडक बन्नुपर्यो तर एउटै पालिकामा १० ओटा पक्कि बाटो बनाउछौ भन्दा सकिदैन । त्यसकारण बजेट प्राथमिकीकरण गरेर परिणाम सहित खर्च पनि गरी प्रतिफल निकाल्न सकिन्छ ।’ उनले भने ।
उनले सरकारको पहिलो काम विनियोजन खर्चलाई पूनःसंरचना गरी परिणाममुखी बनाउनुपर्ने बताए ।
यस्तै, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अर्थतन्त्रको पुनसंरचना गरी उत्पादनमूलक अर्थतन्त्र बनाउन आवश्यक रहेको बताए ।
‘हाम्रो अर्थतन्त्रको पुनसंरचना गर्नुपर्छ । हामीले उत्पादनमूलक अर्थतन्त्र बनाउने गरी आफ्नो नीति तथा कार्यक्रम बनायौ भने मात्र हामी अगाडी बढ्नुपर्छ । हामी नीतिगत रुपमा प्रष्ट हुन आवश्यक छ । हामीले चालु खर्च पनि घटाउन पर्छ त्यो नगरे अहिलेको अर्थतन्त्रले हाम्रो संरचनालाई धान्दैन ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।