अधिकारको अभावमा औद्योगिक विकासमा कठिनाइ भयो : मुख्यमन्त्री लामा
२०८२ जेठ १ बिहिबार
- मंगलबार हेटौँडामा भएको ‘मुख्यमन्त्रीसँग युवा संवाद’ कार्यक्रममा मुख्यमन्त्री लामाले उद्योग तथा वाणिज्य र आर्थिक विकास र उद्यमशीलताका क्षेत्रका अधिकांश अधिकार संघ सरकार मातहत रहेकाले प्रदेश सरकारलाई काम गर्न कठिन भएको बताए ।
हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पर्याप्त अधिकार नहुँदा औद्योगिक र उद्यमशीलता विकासको काम गर्न समस्या भएको बताएका छन् । उनले आर्थिक विकासमा महत्वपूर्ण स्थान ओगटेको औद्योगिक क्षेत्र तथा उद्योगका अधिकांश अधिकारहरु प्रदेशमा प्राप्त हुन नसेकको बताएका हुन् ।
मंगलबार हेटौँडामा भएको ‘मुख्यमन्त्रीसँग युवा संवाद’ कार्यक्रममा मुख्यमन्त्री लामाले उद्योग तथा वाणिज्य र आर्थिक विकास र उद्यमशीलताका क्षेत्रका अधिकांश अधिकार संघ सरकार मातहत रहेकाले प्रदेश सरकारलाई काम गर्न कठिन भएको बताए ।
उनले भने, ‘उद्योग क्षेत्र र उद्यमशीलताका लागि काम गर्न पनि संघीय सरकारको स्वीकृति लिएर गर्नुपर्ने बाध्यता रहेको छ । नयाँ क्षेत्रमा काम गर्न लगानी पनि बढी गर्नुपर्ने भएकाले सीमित स्रोतको परिचालनले सम्भव छैन ।’
मुख्यमन्त्री लामाले हेटौँडा सिमेन्ट उद्योग र कपडा उद्योगको स्वामित्व प्रदेश सरकारले पाए नाफा आर्जन गर्ने दावी गरे । केही समयअघि संघीय सरकारसँग सिमेन्ट उद्योग र कपडा उद्योगको स्वामित्व प्रदेश सरकारलाई दिन माग समेत गरिएको उनले बताए ।
केन्द्रिकृत मानसिकता हावी हुँदा संघ सरकारले सो उद्योगहरुको स्वामित्व दिन नचाहेको उनले बताए । ‘पुँजीको अभावमा सरकारको स्वामित्वका उद्योग रुग्ण अवस्थामा पुगेको छ । त्यो विषयमा संघीय सरकारले खासै काम गर्न सकेको देखिँदैन । स्थानीयस्तरमै उपलब्ध जनशक्ति र स्रोतको प्रयोग गरेर उद्योगलाई नाफामा लैजान सक्ने क्षमता प्रदेश सरकारसँग छ । तर, अधिकार छैन’, मुख्यमन्त्री लामाले भने, ‘हेटौँडा सिमेन्ट उद्योग प्रदेश सरकारलाई दिने हो भने २ वर्षमा नै नाफामा जान सक्छ । हामीले सो विषयमा अध्ययन अनुगमन पनि गरेका छौं । प्रत्येक वर्ष नाफा नै नाफा हुने गरी सञ्चालन गर्ने ग्यारेन्टी प्रदेशले गर्न सक्छ । संघले सो विषयको अधिकार दिनुपर्यो ।’
मुख्यमन्त्री लामाले स्थानीयस्तरकै उत्पादन प्रयोग गर्ने नीति ल्याएर कपडा उद्योगलाई पनि नयाँ ढंगले सञ्चालन गर्न सकिने बताए । युवा पलायनलाई रोक्ने योजना बनाउन प्रदेश सरकार क्रियाशील रहेको उनको भनाई छ । विज्ञान र प्रविधिसँग जोडिएको योजनालाई प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्राथमिकता दिने उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।