विकासमा विकासकार्य हस्तान्तरणको सिद्धान्त अपनाउन जरुरी :सिके राउत
२०८२ बैशाख ३१ बुधबार
- बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विकासमा समन्वय र सहकार्यले गाह्रो अवस्थामा पुर्याउने भन्दै हस्तान्तरणको सिद्धान्त अपनाउनुपर्ने बताएका हुन् ।
काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउतले विकासमा समन्वय र सहकार्य भन्दा पनि विकासकार्य हस्तान्तरणको सिद्धान्त लिनुपर्ने बताएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विकासमा समन्वय र सहकार्यले गाह्रो अवस्थामा पुर्याउने भन्दै हस्तान्तरणको सिद्धान्त अपनाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘विकासका सिद्धान्तको रुपमा विकासमा समन्वय र सहकार्य भनेर प्रधानमन्त्रीले भन्नु भएको रहेछ यो सुन्नमा धेरै कर्णप्रिय लाग्छ तर मैले चिकित्सकसँग समन्वय गरेर काम गर्न खोजे उहाँले साथ दिन खोज्नुभयो भने पनि त्यसले झन हामीलाई गाह्रो अवस्थामा पुर्याउछ । चिकित्सकले तपाईको एआई प्रोग्राममा सहयोग गर्छु भन्दा झन घाटा पो हुन्छ । त्यही भएर विकासमा समन्वय र सहकार्य भन्दा पनि विकासकार्य हस्तान्तरणको सिद्धान्त लिनुपर्ने हुन्छ । विकास निमार्णको काम संघ सरकारको भन्दा पनि प्रदेश सरकार र स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्छ ।’
उनले सरकारले लोभ नगरी विकास निमार्णको काम प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्ने बताए । उनले संघीय सरकारले नागरिक मैत्री सेवा प्रवाह सुशासन दिन नसक्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’