बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन गर्नुपर्ने

२०८२ वैशाख २९ सोमवार
सारांश
  • सोमबार शुभकामना संदेशमार्फत उनले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता बुद्धका उपदेशलाई सबैले मन, बचन र कर्मले पालन गर्नुपर्ने बताएका हुन् ।

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले बुद्ध जयन्ती तथा उभौली पर्वको शुभकामना दिंदै बुद्धको ज्ञानले विश्व मानव समुदायलाई शान्तिमार्फत समृद्धि र उन्नतीको मार्ग पहिल्याउन प्रेरित गरिरहेको बताएका छन् । 


सोमबार शुभकामना संदेशमार्फत उनले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता बुद्धका उपदेशलाई सबैले मन, बचन र कर्मले पालन गर्नुपर्ने बताएका हुन् । 


‘नेपाली भूमिमा जन्मनु भएका बुद्धले कठोर साधनाद्वारा प्राप्त गर्नु भएको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय छ । तीनले विश्व मानव समूदायलाई शान्तिको मार्गबाट समृद्धि र उन्नतिको मार्ग पहिल्याउन प्रेरित गरिरहेका छन् । शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता बुद्धका उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौं । अशान्ति, हत्या र हिंसाको विरोध गरौँ,’ शुभकामना सन्देश पत्रमा लेखिएको छ ।  


उनले देशमा शान्ति कायम रहि अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन भनी कामना गरेका छन् । 


पृथ्वीमा कहीं कतै खाद्यान्नको अभाव नहोस्, अन्नवाली राम्रो होस् भन्दै वैशाख पूर्णिमाका दिन किराँत समूदायले मनाउने गरेको उभौली पर्वको अवसरमा पनि सभापति देउवाले शुभकामना व्यक्त गरेका छन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार