संघीय निजामती सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री लेखक
२०८१ बैशाख २८ आइतबार
- आइतबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
काठमाडौं : गृह मन्त्री रमेश लेखकले संघीय निजामती सम्बन्धी कानुन चाँडै निर्माण हुने बताएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री लेखकले कानुन निर्माणमा ढिला गरेर भएपनि राम्रो काम गरिरहेको भन्दै त्यसकारण उत्साहीत हुनुपर्ने धारणा राखे ।
उनले भने,‘संघीय निजामती सम्बन्धी कानुन धेरै ढिला गरेर भएपनि अब हामी छलफलको अन्तिम चरणमा छौं । त्यसैले म के आग्रह गर्न चाहन्छु भने स्थितिमा निराश हुनुपर्ने अवस्था छैन् ।’
उनले विधेयकहरु सहमतिमा टुङग्याउनु उचित हुने भन्दै संघीय निजामती सम्बन्धी विधेयक पनि सहमतिमा नै टुङगो लाग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै समिति सभापति रामहरी खतिवडाले समितिको अर्को बैठकबाट जसरी पनि निजामती विधेयक संसदमा पेश गर्नेगरी तयारी गर्नुपर्ने बताए । उनले राज्य समितिलाई कुनै राजनीति गन्ध नआउने समितिको रुपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।
उनले भने,‘समितिको अर्को बैठकबाट जसरीपनि निजामती विधेयक संसदमा पेश गर्नेगरी तयारी गर्नुपर्छ । यो समिति राजनीति गन्ध नआउने समितिको रुपमा विकास गरौं भन्ने हामी सबैको चाहना छ । यहाँ जुन पार्टीका प्रतिनिधि गर्ने भएपनि समिति हामी सबैको हो भन्ने किसिमबाट जाऔं ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।