आज मन्त्रिपरिषद बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु

२०८२ वैशाख २५ बिहीवार
सारांश
  • प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

काठमाडौं : आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

 
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 


प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसदमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल, सरकारका नियमित कामकारबाहीबारे समीक्षा, समसामयिक विषयका साथै राष्ट्र बैंकमा गभर्नर नियुक्तिलगायत विषयमा छलफल हुनेछ ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार