विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
२०८२ वैशाख २५ बिहीवार
- बिहीबार विद्युत नियमन आयोगको छैटौं वार्षिकोत्सव समारोहमा बोल्दै उनले तिर्नुपर्ने रकम तिर्न उपभोक्ता तयार रहेको भन्दै यस्तो विवाद आउनु लज्जास्पद भएको बताएका हुन् ।
काठमाडौं : उर्जामन्त्री दिपक खड्काले सरकारले कहिलेपनि वक्यौता रकम नउठाए पनि हुन्छ भनेर कसैले नभनेको बताएका छन् ।
बिहीबार विद्युत नियमन आयोगको छैटौं वार्षिकोत्सव समारोहमा बोल्दै उनले तिर्नुपर्ने रकम तिर्न उपभोक्ता तयार रहेको भन्दै यस्तो विवाद आउनु लज्जास्पद भएको बताएका हुन् ।
उनले भने,‘समाचारमा आए जस्तो सरकारले कहिलेपनि रकम उठाउन हुँदैन, यिनले जति खाएपनि हुन्छ भनेर भनेको छैन् । प्रयोग गर्नेले यो तिर्दैनौ भनेका पनि छैनन् । यस्तो कमजोरी दशौं वर्षदेखि हुनु आफैंमा लज्जास्पद छ ।’
उनले नियामक निकाय हुँदापनि उपभोक्ताहरुले विल माग्दा विल दिने संस्थाले दिएको विल ठिक छ कि छैन भनेर चेकजाँच गर्नुपर्ने बताए ।
‘हामी जनताप्रति पूर्ण उत्तरदायी हुनुपरेको छ । यो हाम्रो दायित्व हो । यत्रो अधिकार सम्पन्न नियामन निकाय हुदाँहुदै वक्यौतालगायतका विषयलाई लिएर यति लामो विवाद भएर तिर्नुपर्ने रकम नतिर्ने, उठाउनुपर्ने रमक उठाउन नसक्ने अवस्था आउनु राम्रो भएन् । यस्तो विवाद पनि हुनुहुन्छ र ? अनि अनगर्ल प्रचारप्रसार गरेर कसलाई फाइदा पुर्याँउछ र ? यसको छिनोफानो गर्ने दायित्व नियमन आयोगकै थियो । उपभोक्ता भन्छन्– हामीले प्रयोग गरेको विल दिनुस् । तिर्न तयार छौ । विल दिने संस्था भन्छ–हामीले जे लेख्यो त्यही विल हो । हामीले पठाएकै विल हो । त्यो विल ठिक छ कि छैन भनेर सबै हेरे त सकिन्छ होला,’ उनले भने ।
उनले सरकार हरतवरले दुवै पक्षलाई न्याय हुनेगरी यसलाई छिनोफानो गराउने काममा विद्युत नियमनलाई लाग्न आग्रह गरेका छन् ।
‘सरकार हरतवरले दुवै पक्षलाई न्याय हुनेगरी उपभोग गर्नेले पनि उपभोग गरेजति तिनुपर्ने गरी र उठाउनुपर्ने संस्थाले पनि उनले कति उपभोग गरे भन्ने कुरा नठगिने गरी उठाउनुस् भनेर सरकार बाराम्बार भनिरहेको छ । यसलाई छिनोफानो गराउने काममा विद्युत नियमन लाग्नुहुनेछ म आग्रह गर्छु,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’