सरकारको नीति तथा कार्यक्रममा भ्रष्टाचारलाई नियन्त्रण गर्ने प्रतिबद्धता छैन् : सांसद केसी
२०८२ वैशाख २५ बिहीवार
- बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपाली जनताको आयको सुनिश्चितता र सामाजिक न्यायको प्रत्याभूति दिने खालको विषयमा नीति तथा कार्यक्रम केन्द्रीत हुनुपर्ने भन्दै यस्तो कुराको प्रतिबद्धता र इच्छाशक्तिको कमि भएको बताए ।
काठमाडौं : नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भ्रष्टाचार, कुशासन, विधिबिहिनता र दण्डबिहिनतालाई निर्ममता पूर्वक नियन्त्रण गर्ने कुराको प्रतिबद्धता कम रहेको बताएका छन् ।
बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपाली जनताको आयको सुनिश्चितता र सामाजिक न्यायको प्रत्याभूति दिने खालको विषयमा नीति तथा कार्यक्रम केन्द्रीत हुनुपर्ने भन्दै यस्तो कुराको प्रतिबद्धता र इच्छाशक्तिको कमि भएको बताए ।
उनले भने, ‘हाम्रो जस्तो देशमा नीति तथा कार्यक्रम सिमान्तकृत र गरिबीको रेखा मुनि रहेका नेपाली जनताको आयको सुनिश्चितता र सामाजिक न्यायको प्रत्याभूति दिने खालको कार्यक्रममा नै केन्द्रीत हुनुपर्छ । मुलुक ऋणको भारि र भ्रष्ट्राचारको महामारिले गर्दा शिकिस्त बिरामी छ । भ्रष्ट्राचार, कुशासन, विधि बिहिनता र दण्डबिहिनतालाई निर्ममता पूर्वक नियन्त्रण गर्ने कुराको प्रतिबद्धता र इच्छाशक्ति मैले यसमा कम देखेको छु ।’
यस्तै, उनले दुई तिहाइको समर्थनको सरकारले १० महिनाभित्र पुँजीगत खर्च एक तिहाई पनि गर्न नसकेको भन्दै यसलाई कति सक्षम भन्ने, कति असक्षम भन्ने त्यतातिर गम्भिर भएर सरकारले हेर्नुपर्ने बताए ।
उनले भने, ‘संक्रमण न्याय निरुपनको कुरा १८ वर्ष सम्म अलमलि रहेको छ । अझसम्म मेलमिलाप आयोग गठन हुन नसक्नु दुखद कुरा भएको छ । दुई तिहाइको समर्थनको सरकारले १० महिनाभित्र पुँजीगत खर्च एक तिहाई पनि गर्न सकेको छैन् । ३१ प्रतिशत मात्र छ । यसलाई हामीले कति सक्षम भन्ने, कति असक्षम भन्ने त्यतातिर गम्भिर भएर सरकारले हेर्नुपर्ने आवश्यकता छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।