रविन्द्र मिश्रलगायतका राजनीतिक बन्दीलाई तत्काल रिहाइ गर्न माग

२२ बैसाख, २०८२, सोमवार
सारांश
  • राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले तीनकुने घटनाको सत्यतथ्य सार्वजनिक गर्न न्यायिक छानविन आयोग गठन गर्न माग गरेकी छन् ।

काठमाडौँ, २२ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले तीनकुने घटनाको सत्यतथ्य सार्वजनिक गर्न न्यायिक छानविन आयोग गठन गर्न माग गरेकी छन् ।


सोमबार  प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनमा सहभागी भएकै आधारमा राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रलगायतलाई जुन अपमानजनक ढंगले प्रहरी हिरासतमा राखिएको छ त्यो घोर भत्र्सनायोग्य भएको बताएकी हुन् ।


उनले भनिन्, ‘चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनलाई हिंसात्मक बनाउन सरकारी सक्रियता जति निदनीय छ ।  प्रदर्शन स्थलमा उपस्थित भएको र सहभागी भएकै आधारमा फरक विचार राख्नेहरु राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रलगायतलाई जुन अपमानजनक ढंगले प्रहरी हिरासतमा राखिएको छ । यो घोर भत्सनायोग्य छ ।’ 
साथै उनले थुनामा रहेका रविन्द्र मिश्रलगायत सबैलाई तत्काल रिहाइको माग समेत गरेकी छन् ।


उनले भनिन्, ‘तीनकुने घटनाको सत्यतथ्य सार्वजनिक गर्न न्यायिक छानविन आयोग गठन र फरक विचार राखेकै आधारमा थुनामा राखेका रविन्द्र मिश्रलगायत सबैलाई तत्काल रिहाइको माग गर्दछु ।’
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार