स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी दिगो बनाइने

२०८२ वैशाख १९ शुक्रवार
सारांश
  • शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य बीमा सेवालाई सर्वसुलभ र भरपर्दाे बनाउन बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने जानकारी दिए ।

काठमाडौं : सरकारले स्वास्थ्य बीमा सेवालाई सर्वसुलभ र भरपर्दाे बनाउने जनाएको छ । 


शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य बीमा सेवालाई सर्वसुलभ र भरपर्दाे बनाउन बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने जानकारी दिए । 


उनले भने,‘ बीमा सेवालाई सर्वसुलभ र भरपर्दाे बनाउन स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी दिगो बनाइने छ, ।’


स्वास्थ्य क्षेत्रका सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने बताइएको छ ।


‘स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता, सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गरिनेछ,’ उनले भने


त्यस्तै उनले सहकारीका साना बचतकर्ताको समस्या समाधान गर्न कोष स्थापना गरिने पनि जानकारी दिए । 


उनले भने, ‘समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन सहकारी नियमन प्राधिकरण मार्फत कोष स्थापना गरिनेछ ।’


यस्तै, राष्ट्रिय सहकारी नियमन प्राधिकरण मार्फत सहरकारी क्षेत्रका समस्याहरू समाधान गरिनेका साथै सहकारी ऋण असुली न्यायाधिकरण स्थापना गरिने भएको छ ।


उनका अनुसार सहकारी तथ्यांक व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्युतीय सूचना प्रणालीको मापदण्ड कायम गर्दै सहकारी सूचना प्रणालीको स्तरोन्नति गरिने छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार