सहमतिका आधारमा संविधान संशोधन प्रक्रिया अगाडि बढाइने’

२०८२ वैशाख १९ शुक्रवार
सारांश
  • आइतबार बसेको संसदको संयुक्त बैठकमा पेश नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
  • राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम बाचन गर्दै सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

काठमाडौ :  सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेश गरेका छन् ।


आइतबार बसेको संसदको संयुक्त बैठकमा पेश नीति तथा कार्यक्रम पेश गरेका हुन् । 
राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम बाचन गर्दै सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाइने जानकारी दिए । 


उनले भने,‘संविधानको समीक्षा गर्ने यसका सवल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनमा देखिएको कमी कमजोरीलाई सच्याउन सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाइने छ ।’  


त्यस्तै उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण गर्ने र यसका विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी पुर्नउत्थानवादी, अराजक गतिविधिको प्रतिवाद गर्ने पनि जानकारी गराए । 


उनले भने,‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण गर्ने र यसका विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी पुर्नउत्थानवादी, अराजक गतिविधिको प्रतिवाद गर्ने ।’


आर्थिक वर्ष २०८२।०८३ का लागि सरकारका नीति तथा कार्यक्रम शुक्रबारको संघीय संसद बैठकमा राष्ट्रपतिले प्रस्तुत गरिरहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार