प्रचण्डले गरे नयाँ क्रान्ति गर्ने उद्घोष, सरकारलाई दिए चेतावनी

२०८२ वैशाख १८ बिहीवार
सारांश
  • बिहीबार एक सय ३६ औँ मे दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्ना मुद्दाहरुमा फेरी एकचोटी शान्तिपूर्ण क्रान्ति गर्न लागेको भन्दै सरकारबाट दमन भएमा दुनियाँका कुनै तागतले रोक्न नसक्ने चेतावनी दिए ।

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि नयाँ क्रान्तिको सुरु गर्न लागेको भन्दै सबै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरेका छन् । 


बिहीबार एक सय ३६ औँ मे दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्ना मुद्दाहरुमा फेरी एकचोटी शान्तिपूर्ण क्रान्ति गर्न लागेको भन्दै सरकारबाट दमन भएमा दुनियाँका कुनै तागतले रोक्न नसक्ने चेतावनी दिए । 


उनले भने,‘तपाईहरु राम्रो तयारीमा बस्नुहोस् । हामी छिट्टै अब ठूलो आन्दोलनमार्फत देशमा एउटा नयाँ राजनीतिक क्रान्तिको तयारी गर्नैपर्छ । एकचोटी क्रान्ति गर्ने छौं । त्यो क्रान्ति शान्तिपूर्ण हुन्छ । तर राज्य र सरकारमा भएकाहरुले यदि शान्तिपूर्ण आन्दोलनलाई बल प्रयोग गर्ने गल्ती गरे भने,दमनद्धारा रोक्न खोजे भने त्यहाँ जनताको विद्रोहको अधिकारलाई दुनियाँको कुनै तागतले रोक्न नकेको छैन् । नेपालमा पनि सक्दैन ।’


उनले श्रमिक वर्ग इतिहासको निर्माता र समाज विकासको प्रणेता भएको उल्लेख गरे ।


उनले भने,‘श्रमसँग श्रमिक जोडिएका छन् । हाम्रो विश्वका जेजति प्रगति भएको छ त्यो भौतिक वा अन्य सबैखाले प्राविधिक प्रगति मजदुरहरुको मेहनतको बलमा नै भएको छ । त्यसैले इतिहासको निर्माता र समाज विकासको प्रणेता पनि श्रम र श्रमिकहरु नै हुन् ।’ 


अध्यक्ष प्रचण्डले नेपालमा श्रमिक वर्गका हितका लागि २००६ सालदेखि निरन्तर आन्दोलन हुँदै आएको र त्यसकै महत्वपूर्ण निरन्तरता २०५२ सालमा माओवादी नेतृत्वमा भएको जनयुद्ध रहेको बताए । 


उनले जनयुद्धकै जगमा मजदुर र श्रमजीवी वर्गका हक अधिकार संविधानमा सुनिश्चित गरिएको भए पनि ती अधिकार व्यवहारमा अझै कार्यान्वयन नसकेको हुँदा संविधानमै समिक्षा आवश्यक रहेको धारणा राखे । 


अध्यक्ष प्रचण्डले ठेकेदारी प्रथा, आउटसोर्सिङ र न्यून ज्यालाजस्ता श्रमिक विरोधी प्रवृत्ति नियन्त्रण गर्न नसकिएकोप्रति चिन्ता व्यक्त गरे ।  


उनले राम्रो काम गर्दागर्दै बिचौलियाको घरमा मध्यरातमा सेटिङ गरेर सरकारबाट हटाउन बाध्य पारिएको स्मरण गरे । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार