- सोमबार प्रेस विज्ञाप्ती जारी गर्दै निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुुपर्ने भएपनि निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेको भन्दै संघ अझै आन्दोलनरत नै रहेको जानकरी गराएका हुन् ।
काठमाडौं : चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले वा सरोकारवालाहरुले बाचा गरिए अनुरूपको निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेको हुनाले चिकित्सक संघ अझै आन्दोलनरत नै रहेको जानकरी गराएको छ ।
सोमबार प्रेस विज्ञाप्ती जारी गर्दै निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुुपर्ने भएपनि निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेको भन्दै संघ अझै आन्दोलनरत नै रहेको जानकरी गराएका हुन् ।
यस्तै, संघले सम्पूर्ण उपत्यका भित्र रहेका चिकित्सकहरूलाई, बिहान ११ः०० बजे माइतीघर मण्डलामा र उपत्यका बाहिरका चिकित्सकहरूलाई सोहि समयमा आफ्नो जिल्ला प्रशासनिक कार्यालय बाहिर धर्ना दिन आग्रह गरेको छ ।
विज्ञप्ती जारी भएको मितिको २४ घण्टा मित्र मागको सटिक सम्बोधन नभएमा, चिकित्सकहरु अझ कडा आन्दोलनको घोषणा गर्न बाध्य हुने पनि संघको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’