- उनले भने, ‘प्रधानमन्त्रीज्यूबाट यो सरकार ढल्दैन ढल्दैन भनेको अभिव्यक्ति सुनिरहेका छौँ । प्रतिपक्षको बेन्चबाट भन्न चाहन्छौँ– यो सरकार ढल्नु हुँदैन । यो सरकार नढलोस्, यो सरकार, गठबन्धन अझै लामो जाओस् भनेर शुभकामना दिन चाहन्छु ।’
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले वर्तमान सरकार ढल्न नहुने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्दैन भन्ने गरेको भन्दै गठबन्धन सरकार लामो जाओस् भनेर कटाक्ष गरेका हुन् ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूबाट यो सरकार ढल्दैन ढल्दैन भनेको अभिव्यक्ति सुनिरहेका छौँ । प्रतिपक्षको बेन्चबाट भन्न चाहन्छौँ– यो सरकार ढल्नु हुँदैन । यो सरकार नढलोस्, यो सरकार, गठबन्धन अझै लामो जाओस् भनेर शुभकामना दिन चाहन्छु ।’
साथै उनले सरकारको आयुभन्दा उपलब्धिको चर्चा धेरै गर्न सुझाव दिए । उनले गठनबन्धन कतिसम्म गिर्दो रहेछ भनेर देखिन पनि सरकार ढल्न नहुने उनको भनाइ थियो । उनले नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सातबुँदे सहमति सत्तासाझेदार दलले नै बिर्सिएको भन्दै के थियो भन्ने सम्झन पनि आग्रह गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’