सरकार सुशासनका विरुद्ध खडा भयो, बिचौलियाहरुको मात्र भयो : प्रचण्ड
२०८२ बैशाख १३ शनिबार
- शनिबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल पाँचौ राष्ट्रिय महाधिवेशन शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा उनले यो सरकार भ्रष्टाचारीहरुको रक्षा गर्ने सरकार भएको भन्दै यो कुरा राजनीति विवेक र ज्ञान राख्ने मान्छेले पनि स्वीकार गरेको बताए ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरुको सरकार भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल पाँचौ राष्ट्रिय महाधिवेशन शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा उनले यो सरकार भ्रष्टाचारीहरुको रक्षा गर्ने सरकार भएको भन्दै यो कुरा राजनीति विवेक र ज्ञान राख्ने मान्छेले पनि स्वीकार गरेको बताए ।
उनले भने, ‘अहिलेको सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरुको सरकार हो भन्ने कुरा सबैलाई थाहा छ । अब त अलिकति पनि राजनीति विवेक र ज्ञान राख्ने मान्छे सबैले पनि स्विकार गर्न थालेका छन् कि सरकार दलाल पुँजीपति बिचौलिया र नोकरसाहहरुको हित गर्ने, भ्रष्टाचारीहरुको रक्षा गर्ने राम्रो काम गर्नेहरुलाई प्रताणित गर्ने सरकार हो ।’
यस्तै, उनले राजावादीहरु कति हिंसक छन् भन्ने कुरा एकै दिनका कार्यक्रममा देखाएको भन्दै राजावादीहरुको रणनीति पूर्ण रुपमा असफल भइसकेको बताए ।
उनले भने, ‘राजावादीहरु कति हिंस्रक छन् भन्ने कुरा एकै दिनका कार्यक्रमले राम्रोसँग स्थापित गर्यो र राजावादीहरुले भन्ने गरेको होहल्ला र रणनीति पूर्ण रुपमा असफल भइसक्यो । आउने दिनमा पनि विभिन्न घटना हुन सक्छन् यसको लागि जनतालाई सचेत गर्ने जिम्मेवारी पनि हाम्रो काँधमा छ ।’
अहिले निर्वाचन भन्ने वित्तिकै सम्पूर्ण रुपले अराजकतावादको अभ्यास गर्ने एउटा विकृत संस्कार भन्ने भाष्य पनि नेपाली समाजमा स्थापना भएको उनको भनाइ छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’