शिक्षक महासंघ–सरकार वार्ता निष्कर्षवीहिन, पुनः बस्ने निर्णय
२०८२ बैशाख १३ शनिबार
- सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमामन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्तालाई निरन्तर दिने सुवेदीले बताए । यद्यपी, शनिबारको वार्ता भने निष्कर्षवीहिन भएको बताए ।
काठमाडौं : नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शनिबार बिहान बसेको नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ताले पुन ः बस्ने निर्णय भएको बताएका छन् ।
सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमामन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्तालाई निरन्तर दिने सुवेदीले बताए । यद्यपी, शनिबारको वार्ता भने निष्कर्षवीहिन भएको बताए ।
उनले भने,‘ हामीले उठाएका विषयबस्तुको बारेमा मन्त्रीज्यूको उपस्थितिमा छलफल भयो । छलफल वा संवादलाई निरन्तरता दिने निर्णय भयो । दुई पक्षीय सहमतिमा फेरि बस्ने निर्णय भयो । कहिले बस्ने टुङगो भएन ।’
यस्तै, वार्तामा सहभागी नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले औपचारिक छलफल र संवादमा निष्कर्षमा नपुगेको बताएका छन् ।
‘हामी औपचारिक छलफल र संवादमा छौं । निष्कर्षमा पुगेका छैनौं’, तिवारीले भने, ‘हामीले पेस गरेका माग मुद्दामा मन्त्रालयले यथेस्ट जानकारी गराएपछि मात्रै निकाश आउनेछ ।’
उनले अहिले नै आन्दोलन स्थगित नहुने तर केही दिनमा निकास निक्लने विश्वास पनि व्यक्त गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’