- विगतको तुलनामा मंगलबार सडकमा शिक्षकहरुको संख्या बढी देखिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
काठमाडौँ, ०९ वैशाख । नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले संघर्षका कार्यक्रमहरु थप चर्काउने चेतावनी दिएका छन् ।
२१ दिनदेखि निरन्तर सडक आन्दोलन गरिरहेका शिक्षकहरु शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि थप उत्साहित देखिन्छन् । विगतको तुलनामा मंगलबार सडकमा शिक्षकहरुको संख्या बढी देखिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
आन्दोलनको २१ औँ दिन मंगलवार काठमाडौंको विजुलीबजारमा कुरा गर्दै अध्यक्ष सुवेदीले विद्यालय शिक्षा ऐन जारी हुने अवस्था सिर्जना नभएसम्म यो आन्दोलन जारी रहने बताए ।
उनले भने, ‘यो आन्दोलनको उद्देश्य भनेको विगतमा भएको सहमतिलाई सम्बोधन गर्ने, विद्यालय शिक्षक, कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन गराउनु हो । ऐन जारी हुने अवस्था सिर्जना नभएसम्म आन्दोलन जारी रहन्छ ।’ उनले सरकारको बोलीमा विश्वास नलाग्ने भन्दै ऐन जारी गराएर मात्र विद्यालय फिर्ता हुने उनले बताए ।
उनले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा र शिक्षक आन्दोलनको कुनै साइनो नभएको स्पष्ट पारे । उनले भने,‘माननीय शिक्षामन्त्रीज्यूको राजीनामा र हाम्रो आन्दोलनको कुनै साइनो छैन । सार्वजनिक करुपमा उहाँले आफ्नो स्वास्थ्यको कारण भन्नुभएको छ आन्तरिक कारण के हो जान्ने कुरा पनि भएन । हामीलाई चासो पनि भएन् । म प्रस्ट पार्न चाहन्छु उहाँको राजीनामासँग हाम्रो आन्दोलनको कुनै साइनो छैन ।’
विद्यालय भर्ना अभियानका साथै सम्पूर्ण शैक्षिक गतिविधि ठप्प पारी आन्दोलनमा होमिदा शिक्षामा क्षतिको अवस्था नआउने भन्दै परीक्षा तयारीमा लागेका विद्यार्थीको परीक्षा रोकिदा आफूपनि संवेदनशील रहेको बताए ।
‘कक्षा १२ को परीक्षामा हप्ता–१० दिन विलम्व हुँदैमा त्यस्तो ठुलो क्षति हुँदैन् । परीक्षा तयारी गरेका विद्यार्थीलाई परीक्षा रोकिदा मनमा चोट पर्छ । त्यो प्रति हामी संवेदनशील छौ,’ उनले भने ।
उनले राज्यले यो अवस्थामा ल्याउन बाध्य पारेका भन्दै शैक्षिक क्षतिलाई पुरा गर्न विदाको समयमा पढाउने पनि बताए ।
‘वास्तवमा कोही बढि दुखित छ भने शिक्षक–कर्मचारी नै छ । तर राज्यले हामीलाई यो अवस्थामा ल्याउन बाध्य पार्यो । आन्दोलन ज्यादा लम्विदैन । राज्यले घुँडा टेक्न अनिवार्य छ । त्यो स्थिति सिर्जना भएपछि हामी फर्किन्छौ ।’
अध्यक्ष सुवेदीले शिक्षक आन्दोलनका विरुद्धमा अभिव्यक्ति आउनु दुःखद् भएको बताए । ‘विरुद्धमा अभिव्यक्ति आउनु भनेको आन्दोलनले पीडा दिएको हो भन्ने बुझिन्छ । अहिले बालुवाटारको ओछ्यान र कुर्सीमा काँडा उम्रिसक्यो । घोच्न थालेको छ । सिंहदरबारको कुर्सीमा पनि काँडा उम्रिसेकेको छ । त्यसले घोच्न थालेपछि पीडा हुन्छ र सहमति गर्न बाध्य बनाउँछ,’ उनको भनाइ थियो ।
२१ दिनदेखि शिक्षकहरुले जारी राखेको आन्दोलनका कारण शिक्षामन्त्रीले राजीनामा दिएकी छिन् भने शिक्षक महासंघ र सरकारबीच पटक पटक छलफल भएपनि आन्दोलन रोकिन सकेको छैन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’