सरकारको कमजोरीमा प्रतिगामी षड्यन्त्र मौलाउँदैछ : अध्यक्ष प्रचण्ड
२०८२ वैशाख ६ शनिबार
- शनिबार नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले माओवादी आत्मालोचनासहित उत्पीडित वर्ग र समूदायको हक अधिकारलाई समाजवादको दिशामा अगाडि बढाउन सँधै प्रतिवद्ध रहेको बताएका हुन् ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कहिले कसैसँग कहिले कसैसँग मिल्दा त्यसको परिणाम जनतालाई राम्रो नभएको बताएका छन् ।
शनिबार नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले माओवादी आत्मालोचनासहित उत्पीडित वर्ग र समूदायको हक अधिकारलाई समाजवादको दिशामा अगाडि बढाउन सँधै प्रतिवद्ध रहेको बताएका हुन् ।
उनले भने, ‘हामीले कहिले कसैसँग कहिले कसैसँग सहमति गर्दा त्यसको परिणाम जनातालाई राम्रो भएन । जबसम्म सम्पूर्ण रुपले नेवा समुदायको पहिचान स्थापित हुनेछैन तबसम्म माओवादी केन्द्रले तपाईंहरुको साथ छोड्ने छैन् । तपाईंहरु हामीलाई साथ दिनुहोस् । अहिले प्रतिगामी षड्यन्त्र जो देखा पर्न खोजेको छ त्यो अहिलेको सरकारका गलत काम क्रियाकलापका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहसजस्तो गरेका छन् । त्यो सफल हुने छैन । सरकारका गलत क्रियाकलापका विरुद्ध खबरदारी पनि हो । र प्रतिगामी षडयन्त्रका विरुद्ध चुनौति पनि हो । यसलाई सफल हुन दिइने छैन ।’
साथै उनले नेवा समुदायको पहिचान पूरै स्थापित नभएसम्म माओवादी केन्द्रले साथ नछाड्ने बताए । उनले अहिलेको सरकार र राजावादीहरूलाई लक्षित गर्दै प्रतिगामी षड्यन्त्रका विरुद्ध एकजुट हुन समेत अग्रह गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।