तीनकुने घटनाको छानबिन गर्न विज्ञ टोली गठन गर्न माग

२०८२ वैशाख ४ बिहिवार
सारांश
  • नेपाल पत्रकार महासंघ रामेछापले पत्रकार सुरेश रजकको हत्या र प्रेस विरोधी गतिविधिलाई लिएर रामेछापमा सञ्चालित रेडियो, पत्रिका तथा अनलाइनका सञ्चालकहरूसँग बिहीबार गरेको छलफलले यस्तो माग गरेको हो ।

रामेछाप : रामेछापका मिडिया सञ्चालकहरूले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिनका लागि विज्ञ टोली गठन गर्नुपर्ने माग राखेका छन् । 


नेपाल पत्रकार महासंघ रामेछापले पत्रकार सुरेश रजकको हत्या र प्रेस विरोधी गतिविधिलाई लिएर रामेछापमा सञ्चालित रेडियो, पत्रिका तथा अनलाइनका सञ्चालकहरूसँग बिहीबार गरेको छलफलले यस्तो माग गरेको हो । 


पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपककुमार घिमिरेको अध्यक्षता र केन्द्रीय सदस्य नवराज पथिकको उपस्थितिमा भएको छलफलले पत्रकार रजकलाई सहिद घोषणा गरी रजकको परिवारलाई राज्यले उचित क्षतिपूर्तिको व्यवस्थापन गर्नुपर्ने माग गरेको छ ।


तीनकुने घटनाबारे सरकारले विज्ञ टोली गठन गरी निष्पक्ष छानबिन गर्नुपर्ने, क्षति भएका सञ्चारगृहमा क्षतिको यकिन गरी तत्काल उचित क्षतिपूर्तिको व्यवस्थापन गर्नुपर्ने माग बैठकले गरेको नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठले जानकारी दिए । 


गत चैत १५ गते काठमाडौँको तीनकुने स्थित एक घरबाट भिडियो खिचिरहेका पत्रकार सुरेश रजकलाई घरभित्र थुनी राजावादीले आगो लगाएर हत्या गरिएको थियो । आन्दोलनकारीले अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय र कान्तिपुर टेलिभिजनको भवनमा क्षति पु¥याएका थिए । 


उनीहरूले हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरी पत्रकारलाई आक्रमणको प्रयास गरेका थिए । उनीहरूले पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिदिएका थिए भने फोटो पत्रकार निरोज तामाङको क्यामेरा लुटिएको थियो । 


सोही क्रममा व्यक्तिका घर तोडफोड गर्नुका साथै व्यावसायिक भवनमा लुटपाट मच्चाइएको थियो । आन्दोलनकारीले जडीबुटीको औषधि कारखाना समेत आगो लगाइदिएका थिए । 


पत्रकार महासंघ केन्द्रीय समितिले घटनामा संलग्नलाई छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै देशै भरि आन्दोलन गर्दै आएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार