- ‘जसरी सबै नेता उस्तै भन्ने छ त्यो गलत छ भन्ने मेरो भनाई छ । मेरो त गहिरो आरोप छ । मान्छेहरुले यस्तो किन भन्छन्,’ उनले भने ।
काठमाडौँ, ३० चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै नेता उस्तै भन्नु भाष्य गलत भएको बताएका छन् ।
शनिवार बर्तमान परिवेश्यमा कुरा गर्दा उनले भष्ट्रचारका विरुद्ध अभियान चलाउने सरकार र भष्ट्रचारीलाई बचाउनका लागि सम्पूर्ण चिज गर्ने सरकार उस्तै भन्नु गलत र अवैज्ञानिक रहेको बताएका हुन् ।
‘जसरी सबै नेता उस्तै भन्ने छ त्यो गलत छ भन्ने मेरो भनाई छ । मेरो त गहिरो आरोप छ । मान्छेहरुले यस्तो किन भन्छन्,’ उनले भने ।
उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधारको क्षेत्रमा मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण करिडोरको प्रस्ताव ल्याएको भन्दै दास्रो पटकमा लोडसेडिङ्गको अन्त्यदेखि संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाको नेतृत्व गरेको बताए ।
सबै उस्तै भन्नु गलत भन्दै भने ‘म सुशासन, सामाजिक न्याय र समृद्धि भनेर भष्ट्रचारका विरुद्ध यत्रो अभियान चलाउने पनि उस्तै । भष्ट्रचारीलाई बचाउनको लागि सम्पूर्ण चिज गर्ने पनि उस्तै भन्ने भाष्य जो बनाइएको छ । मान्छेले भन्ने गरेका छन् नेतातन्त्र, तीन जना नेता भन्नेगरेका छन् यो नै वैज्ञानीक छैन । कुन नेता कति राम्रो कति नराम्रो हरेकको अलग अलग छानविन हुनुपर्यो । गम्भिर नागरिक, बुद्धिजिवीहरुले सबैको गुण दोषको आधारमा गर्नुपर्ने ठाउँमा सबैलाई एउटै डालोमा हाल्नु अवैज्ञानिक छ ।’
उनले ऐतिहासिक रेकड बनाउने सरकार र रेकड भत्काउने सरकार उस्तै नहुने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ- जेलेन्स्की
-
नेपाली कांग्रेसको आधिकारिक सभापति हुँ : देउवा
-
१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने
-
साढे ७ करोड कमिसन बाँडिएको आरोपमा विशेष अदालतको फैसला ‘मौन
-
देउवा समूहको प्रभावमा परेर पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही हुन्छ- गगन थापा
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।