नेपाली समाजमा विद्वान र विद्वताको कदर हुन छाड्यो : डा.सुरेन्द्र केसी

२०८१ चैत्र २४ आईतवार
सारांश
  • केसीले नेपालमा राम्रो रोजगारी भएका मानिसमा समेत विदेश जाने अचम्मको लालसा बढेको बताए । युवा पुस्तामा चाहना र आवश्यकता अति महत्त्वाकाङ्क्षी भएको कारण विदेशको मोह बढेको उनको ठम्याइ छ ।

रामेछाप : राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले गहन अध्ययन र विश्लेषण नहुँदा समाज अराजक बन्दै गएको बताएका छन् । 


रामेछापमा आइतबार आयोजित नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल, गङ्गालाल र पुष्पलालको योगदान विषयक वृहत् विचार गोष्ठीमा बोल्दै डा.केसीले अहिलेको समाज सामाजिक सञ्जालको पछाडि दौडिएको बताए । त्यसकै प्रभाव स्वरूप विदेश जाने एक खालको भूत युवा जमातमा चढेको उनको विश्लेषण छ । 


केसीले नेपालमा राम्रो रोजगारी भएका मानिसमा समेत विदेश जाने अचम्मको लालसा बढेको बताए । युवा पुस्तामा चाहना र आवश्यकता अति महत्त्वाकाङ्क्षी भएको कारण विदेशको मोह बढेको उनको ठम्याइ छ । 


केसीले नेपाली सम्मानमा विद्वानको र विद्वताको कदर हुन छाडेको गुनासो गरे । ‘विद्वान र विद्वताको करद नै छैन, एउटा पिएचडी गरेको डाक्टरलाई एउटा फुच्चेले के छ खबर भने जिस्क्याउँछ, खिसी गर्छ, अनि कहाँबाट देश बन्छ’, उनले भने । 


केसीले अब पुष्पलाल र उनको बिचारलाई समेत नयाँ कोणबाट परिभाषित गर्नुपर्ने बताए । पुष्पलालका कतिपय दस्ताबेजलाई तोडमोड गरिएका बताउँदै उनले त्यसको बारेमा वृहत् खोज, अध्ययन र सार्वजनिकीकरण गर्नुपर्नेमा जोड दिए । 


विज्ञान र प्रविधिले धेरै कुरा ल्याएको बताउँदै उनले त्यसको प्रभाव समाजमा परेको बताए । नयाँ प्रविधिको विकास भएसँगै समाज र त्यसलाई हेर्ने दृष्टिकोण समेत परिवर्तन भएकोले अब परिवर्तित सन्दर्भ अनुसार समाज विश्लेषण गर्नुपर्ने उनको धारणा छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार