- शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ऐनहरु बन्न नसक्दा धेरै समस्याहरु आइरहेको भन्दै दुई दल मिलेर बनेको सरकारले कानून बनाउने, संयन्त्र बनाएर सहमति जुटाउने र कामलाई अगाडि बढाउने प्रक्रिया पनि अबलम्बन गरेको बताए ।
काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संविधान कार्यान्वयनसँग सम्बन्धित कानुनहरु छिटोभन्दा छिटो बनाउनुपर्छ भन्ने मान्यतामा दुवै पार्टीहरु प्रतिबद्ध रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ऐनहरु बन्न नसक्दा धेरै समस्याहरु आइरहेको भन्दै दुई दल मिलेर बनेको सरकारले कानून बनाउने, संयन्त्र बनाएर सहमति जुटाउने र कामलाई अगाडि बढाउने प्रक्रिया पनि अबलम्बन गरेको बताए ।
उनले भने, ‘खासगरि पेशागत क्षेत्रलाई नयाँ संरचना अन्तरगत व्यवस्थित गर्ने कुरामा एक प्रकारको अलमल भएको छ । निजामति ऐन बन्न नसक्दा, निजामती क्षेत्र अन्यौलताबाट गुज्रिरहेको छ । विद्यालय शिक्षा ऐन जारी हुन नसक्दा त्यस्तै प्रकारको समस्या शिक्षकहरुले भोगिरहनु परेको छ । तर अहिले दुइवटा दल मिलेर सरकार बनेपछि संविधान कार्यान्वयनसँग सम्बन्धित कानूनहरुका सन्दर्भमा छिटोभन्दा छिटो कानून बनाउनुपर्छ भन्ने मान्यतामा दुवै पार्टीहरु प्रतिबद्ध छन् र संयन्त्र बनाएर सहमती जुटाउने र कामलाई अगाडि बढाउने प्रक्रिया पनि अबलम्बन गरेको छ ।’
यसका साथै, उनले ऐन यही अधिवेशनबाट टुङ्गाउने पक्षमा रहेपनि सम्भव नभएको भन्दै अब आउने अधिवेशनमा सबै विषयहरुलाई टुङ्गाउनुपर्छ भन्ने हिसाबले निर्देशन दिएको बताए ।
उनले भने, ‘निजामती, शिक्षालगायत ऐनको कुरा यसै अधिवेशनबाट टुङ्गाउनुपर्छ भन्ने मान्यताका पक्षमा थियौं । तर सम्भव भएन । अब आउने अधिवेशनमा यी सबै विषयहरुलाई टुङ्गाउनुपर्छ भन्ने हिसाबले निर्देशन पनि दिएका छौ । यो सफल हुने विश्वास पनि राख्न चाहन्छु ।’
संसदमा विचाराधिन विधेयकहरुको बारेमा उत्पन्न भएका मतभेदहरुलाई बसेर हल गर्नका लागि पनि दुई पार्टीबीच सहमती जुटेको उनको भनाई छ ।
उनले भने, ‘संसदमा विचाराधिन विधेयकहरुको बारेमा उत्पन्न भएका मतभेदहरुलाई बसेर हल गर्नका लागि दुई पार्टीका बीचमा छलफलद्वारा हल गर्ने वीधि पनि अबलम्बन गरिएको छ । उपसमिति बनाएर सहमती जुटाउने प्रयास पनि भएका छन् । त्यसमा दुवै पार्टीका तर्फबाट सहजीकरण गर्ने काम भएको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।