बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो : कुलमान घिसिङ
२०८१ चैत्र २१ विहिबार
- शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले प्राधिकरणले चार पटकसम्म लाइन बिच्छेद तथा अन्य विकल्प समेत अवलम्बनगरी बक्यौता असुलीको प्रयास गर्दा माथिल्लो निकायबाट नै अवरोध सृजना भएको बताए ।
काठमाडौं : नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता असुली गर्ने आफ्नो प्रयास नै पदबाट हट्नुपर्ने मुख्य कारण बनेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले प्राधिकरणले चार पटकसम्म लाइन बिच्छेद तथा अन्य विकल्प समेत अवलम्बनगरी बक्यौता असुलीको प्रयास गर्दा माथिल्लो निकायबाट नै अवरोध सृजना भएको बताए । उनले लाइन बिच्छेदगरी बक्यौता असुली गर्ने सहमतिको लागि आफूले विद्युत नियमन आयोगलाई पत्रचार गर्ने बित्तिकै पदबाट हटाउने निर्णय भएको जानकारी दिए ।
उनले भने, प्राधिकरणले चार पटकसम्म लाइन बिच्छेद तथा अन्य विकल्प समेत अवलम्बनगरी बक्यौता असुलीको प्रयास गरिरहेकोमा पटक–पटक माथिल्लो निकायबाट नै अवरोध सृजना भएको कुरा सबैको जानकारीमा छ । लाइन बिच्छेदगरी बक्यौता असुली गर्ने सहमतिको लागि मैंले विद्युत नियमन आयोगलाई २०८१ चैत्र ११ गते पत्रचार गरेको थिए । त्यसलगत्तै मलाई बर्खास्त गर्ने निर्णय भयो । बक्यौता उठाउने प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ ।
त्यस्तै उनले नेपाली जनतालाई भरपर्दो गुणस्तरिय पर्याप्त र सुरक्षित विद्युत आपूर्ति उपलब्ध गराउने राष्ट्रसेवक कर्मचारीलाई निरुत्साहित एवंम अपमानित बनाउने दुरासय सफल भएकोमा कतिपय व्यक्ति समुह र शक्तिले आफूलाई सफल ठानेको बताए । नेपाली जनताले दिएको स्नेह र आर्शिवादले आफूलाई हार्न नदिएको उनको भनाई छ ।
उनले भने,‘नेपाली जनतालाई भरपर्दो गुणस्तरीय पर्याप्त र सुरक्षित विद्युत आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक पूरागर्ने क्रममा खटिरहेको राष्ट्रसेवक कर्मचारीलाई निरुत्साहित एवंम अपमानित बनाउने दुरासय सफल भएकोमा कतिपय व्यक्ति समुह र शक्तिले आफूलाई सफल ठानेको होलान तर नेपाली जनताले दिएको स्नेह र आर्शिवादले मलाई हार्न दिएको छैन ।’
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्र बिदा भएको भन्दै एक जिम्मेवार नागरिकको रुपमा मेरो काम कर्तव्य र अविभारा कहिल्यै कम नहुने प्रतिबद्धता उनले जनाए ।
नेपालको कानुनले निर्दिष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति नै खनिएको उनको गुनासो छ । तर त्यसबाट आफू कदापी उत्तेजित र हतोत्साहित नहुने पनि उनले बताए ।
‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्र म बिदा भएको हुँ । एक जिम्मेवार नागरिकको रुपमा मेरो काम कर्तव्य र अविभारा कहिल्यै कम हुने छैन । नेपालको कानुनले निर्दिष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति कसरी खनिएको थियो । कसको स्वार्थमा म माथि जाहि लागेको थियो । भन्ने कुरामा नेपाली जनता आफै प्रष्ट हुनुहुन्छ । तर त्यसबाट म उत्तेजित र हतोत्साहित भएको छैन । किनकी एक राष्ट्रसेवक कर्मचारीको रुपमा मैले मेरो कार्यकाल समिक्षा गर्दा पछुतो गर्नुपर्ने कुनै काम गरेको छैन्,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
गृहमन्त्रीसँग छलफलपछि मृतक मेहताका आफन्त शव बुझ्न तयार
-
कांग्रेस विवाद बारे देउवा पक्षको पुनरावलोकन निवेदन अध्ययन गर्न सर्वोच्चमा इजलास गठन
-
ब्रोड पिकमा ज्यान गुमाएका गुरुङको शव आज काठमाडौं आइपुग्ने
-
होटल तथा रेष्टुरेन्टमा धुम्रपान गर्ने स्थान तोक्न काठमाडौं प्रशासनको निर्देशन
-
फिफा विवादमा अध्यक्ष इन्फान्टिनोले मागे माफी
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।