‘राजावादीहरूको आन्दोलनमा चोरी र लुटपाट गर्ने रास्वपा होइनन्’

२०८१ चैत्र २१ विहिबार
सारांश
  • विहीबार प्रेस विज्ञप्ति जारी गर्दै डा.राज कुमार राई, भगवती रोका लगायतका व्यक्तिहरु विगत करिब तीन महिना अगाडि देखि नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको जानकारी दिएको हो ।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजावादीहरूको आन्दोलनका क्रममा चोरी र लुटपाटमा रास्वपाका सदस्य संलग्न भनेर आएका समाचार र सामाजिक सञ्जालमा आएका व्यक्तिहरु पहिले नै पार्टीबाट अलग भएको स्पष्टीकरण दिएको छ ।


विहीबार प्रेस विज्ञप्ति जारी गर्दै डा.राज कुमार राई, भगवती रोका लगायतका व्यक्तिहरु विगत करिब तीन महिना अगाडि देखि नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको जानकारी दिएको हो । 


‘खोटाङका काङ्ग्रेसका पूर्वनेता रहेका डा.राजकुमार राई, भगवती रोकालगायतका व्यक्तिहरु विगत करिब तीन महिना अगाडि देखिनै राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको स्वघोषणा गरेका र हाल कुनै जिम्मेवारीमा नरहेका कुरा स्पष्ट गरिएको छ । उनीहरु रास्वपाका विभिन्न महत्वपूर्ण पदमा रहेको भनी मिडियामा आएकाले उक्त कुरामा कुनै सत्यता नभएको र भ्रमपूर्ण रहेको जानकारी यसै विज्ञप्तिद्वारा सबै आमसञ्चारमाध्यमहरुमा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ । 


केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठको हस्ताक्षर रहेको विज्ञप्तिमा कानुन उल्लंघन गर्ने जोसुकै मानिस कानुनको दायरामा आउनुपर्ने र हाम्रो पार्टी भित्रका पनि चाहे जुनसुकै पद र मर्यादामा बसेका भए पनि पार्टीको तर्फबाट कानुनलाई पूर्ण सहयोग गर्ने भनिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार