- आइतबार संसद बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद पन्तले संविधानलाई रक्षा गर्न र विकास गर्न एमाले लागिपरिरहेको बताएका हुन् ।
काठमाडौं : नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेकपा एमाले वर्तमान संविधानको रक्षाको लागि सधैं कटिबद्ध रहेको बताएका छन् ।
आइतबार संसद बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद पन्तले संविधानलाई रक्षा गर्न र विकास गर्न एमाले लागिपरिरहेको बताएका हुन् ।
उनले भने, ‘नेकपा एमाले वर्तमान संविधानको रक्षाको लागि सँधैं कटिवद्ध छ । यो संविधानलाई रक्षा गर्न, यसलाई विकास गर्न र संविधानलाई विकसित रुप दिन लागिपरिरहेको छ ।’
साथै उनले प्रतिपक्षहरुका कारण संसद बैठकमा अवरोध आइरहेको बताए । उनले चैत १५ गतेको दिन काठमाडौंमा भएको घटनाबारे देशलाई जानकारी दिन संसद मार्फत गृहमन्त्रीले जानकारी दिन पाउनुपर्ने बताए ।
‘प्रतिपक्षले बोल्न पाउनुपर्छ । तर प्रतिपक्षले बोल्ने कुराहरुमा पनि उठाएका आवाजहरुमा दम हुनुपर्यो । आधार हुनुपर्यो । चैत १५ गतेको दिन देशमा यत्रो घटना भएको छ, सो घटनाको बारेमा आज आएर देशलाई जानकारी दिन पाउनुपर्छ की पर्दैन् गृहमन्त्रीले ? प्रधानमन्त्रीले त भनिसक्नुभयो १८ गते संसदमा आउँछु भनेर । तर प्रधानमन्त्रीले आउँछु भन्दाभन्दै हाउस रोक्नु उचित होइन । १५ गतेको घटनाबारे गम्भिरतापूर्वक छलफल गरौं । संविधानमाथि आक्रमण भएको छ । संविधानलाई उल्ट्याउने कोशिस भएको छ । सरकार चुकेको छैन । शान्तिपूर्ण ढंगले आमसभा गर्ने भनेर राजावादीले यस्तो उग्र रुप लिए ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार
-
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत
-
दुई महिनामा निर्यात ६१.९ प्रतिशत बढ्यो, व्यापार घाटा ३ खर्ब २४ अर्ब
-
दुई महिनामा ४ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’