'राजा आफै अग्रशर हुनु राम्रो हो' - पुरी शंकराचार्य

२०८१ चैत्र १५ शुक्रवार
सारांश
  • पुरी शंकराचार्यले विभिन्न संदर्भाहरूमा स्वस्थ क्रान्तिको शुरुवात नेपालबाट हुने र भारतले त्यसको शिक्षा लिने बताउदै आएका छन्।

काठमाडौँ: हिन्दु धर्मका सर्वोच्च धर्माधिकारी पुरीपिठाधिश्वर शंकराचार्य निश्चलानन्द सरस्वतीले नेपालमा भैरहेको राजसंस्था पुनर्स्थापनाको आन्दोलनका बारेमा बोलेका छन् ।

 

नेपालमा भईरहेको आन्दोलनका बारेमा सोधिएको प्रश्नमा शंकराचार्यले भने "नेपालका राजा मसँग परिचित छन्। पहिले उनी अरु कसैले संघर्ष गर्दियोस, त्याग गर्दियोस र आफु गद्धीमा आउन पाईयोस भन्ने ठान्थे, तर अहिले आफैले कदम उठाएका छन्, यो राम्रो कुरा हो ।"

 

कम्युनिष्टहरूलाई लक्षित गर्दै शंकराचार्यले भने "चीनको चंगुलबाट नेपाललाई बचाउनु पहिलो चुनौती हो। नेपाल चीन र भारतको विचमा छ, यदि नेपाल दिशाहीन भयो भने भारतमा पनि त्यसको असर पर्छ" उनले भने।

 

साथै उनले दोहोर्र्याएर भने "अब राजा क्रान्तिको लागि उठेका छन्, यो राम्रो कुरा हो ।"

पुरी शंकराचार्यले विभिन्न सन्दर्भहरूमा स्वस्थ क्रान्तिको शुरुवात नेपालबाट हुने र भारतले त्यसको शिक्षा लिने बताउदै आएका छन्। उनी भन्छन नेपाल सुरक्षित रह्यो भने मात्रै भारत सुरक्षित हुन्छ ।

 

गत फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो संदेश मार्फत देश जोगाउन साथ् दिनुहोस भनेर आव्हान गरेसंगै नेपालमा राजसंस्था पुनर्स्थापनाको आन्दोलनले स्वरूप् ग्रहण गर्न थालेको छ। यतिबेला गणतन्त्रवादी र राजसंस्थापक्षधरहरू आमनेसामने भएका छन् । देश स्पष्टरुपमा दुइ धुर्वमा बाढिएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार