राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको मतगणना तत्काल सुरु गर्न माग

२०८१ चैत्र १० आईतवार
सारांश
  • आइतबार विज्ञप्तिमार्फत उनले नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन अन्तर्गत नेतृत्व परिवर्तनका लागि मतदान भएको १८ घण्टा बितिसक्दासमेत मतगणनाको प्रक्रिया थालनी नभएको भन्दै तत्काल सुरु गर्न माग गरेका हुन् ।

काठमाडौं : राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षका उम्मेद्वार माधवप्रसाद चम्लागाईंले राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको मतगणना तत्काल सुरु गर्न माग गरेका छन् । 


आइतबार विज्ञप्तिमार्फत उनले नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन अन्तर्गत नेतृत्व परिवर्तनका लागि मतदान भएको १८ घण्टा बितिसक्दासमेत मतगणनाको प्रक्रिया थालनी नभएको भन्दै तत्काल सुरु गर्न माग गरेका हुन् ।


साथै उनले मतदान शनिबार राति ८ बजे सम्पन्न भएपनि आइतबार दिउँसो २ बजेसम्म मतगणनाको कुनै प्रक्रिया सुरु नहुनु दुःखद् भएको बताए । 


उनले मतदानलाई असर पार्न र मतदातालाई प्रभावित गर्न कतिपय जिम्मेवार साथीहरुले निर्वाचन विथोल्ने नियतले आफ्नै पार्टीको बीपी स्मृति भवनमै भौतिक संरचना तोडफोड गर्न उत्रेको भन्दै उक्त घटनाप्रति दुःख व्यक्त गरे । 


मतगणना तत्काल थाल्न निर्वाचन समिति, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ निर्देशन समिति र नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण गराउँदै उनले मतगणनाको नतिजा जस्तोसुकै आएपनि अपाङ्गता भएकाहरुको हकहितका लागि निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्त गरे ।


संघको महाधिवेशन गराउन पार्टीका तर्फबाट निर्देशन समितिको संयोजक बनाइएका केन्द्रीय सदस्य मधु आचार्यले निर्देशन समितिका अन्य सदस्यहरू पार्टीका केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र सरस्वती बजिमयको सहमतिबिना निर्वाचन प्रक्रिया अगाडि बढाएर मनलाग्दी गरेको आरोप लागेको छ । सोही कारण निर्वाचन प्रक्रिया नयाँ चरणबाट गर्नुपर्ने असन्तुष्ट पक्षको माग छ । 


शनिबार संघको प्रथम महाधिवेशन अन्तर्गत नेतृत्व चुन्न भएको मतदानमा ४७० मत खसेको थियो । कुल ८९२ मतदाता रहेको संघमा ४७० मत खसेको हो।महाधिवेशनमार्फत ३९ जना निर्वाचित १२ जना मनोनित गरेर ५१ जनाको कार्यसमिति चयन हुनेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार