कांग्रेस सर्लाही सभापतिलाई बर्खास्त गर्न माग, सानेपामा धर्ना
२०८१ चैत्र १० आईतवार
- आइतबार कांग्रेस सर्लाहीले ‘भ्रष्टाचारीलाई कारवाही कि संरक्षण ?’ नाराबाजी गर्दै कांग्रेस पार्टी कार्यालय सानेपामा विरोध प्रदर्शन गरेका हुन् ।
काठमाडौं : नेपाली कांग्रेस सर्लाहीले सर्वोच्च अदालतबाट भ्रष्टाचारमा दोषी प्रमाणित नेपाली कांग्रेस सर्लाही जिल्ला सभापतिको संरक्षण गरिएको भन्दै विरोध प्रदर्शन गरेको छ ।
आइतबार कांग्रेस सर्लाहीले ‘भ्रष्टाचारीलाई कारवाही कि संरक्षण ?’ नाराबाजी गर्दै कांग्रेस पार्टी कार्यालय सानेपामा विरोध प्रदर्शन गरेका हुन् ।
कांग्रेस सर्लाहीले सभापति, पदाधिकारीज्यू नेपाली काँग्रेसको नवौं संसोधित विधान २०७५ को परिच्छेद २ को दफा १३ को (ङ) वारे अनविज्ञ किन ?, काँग्रेसजनको प्रश्न भ्रष्टाचारीलाई कारवाही कि संरक्षण ?, सभापति, महामन्त्री र पदाधिकारीज्यू पार्टी भित्रका भ्रष्टाचारीलाई संरक्षण कहिलेसम्म ? लेखिएका ब्यानरसहित उनीहरु पार्टी कार्यालय सानेपा पुगेका थिए ।
कांग्रेस सर्लाहीले सर्वोच्च अदालतले भ्रष्टाचारमा दोषी प्रमाणित गरि सजाय तोकेका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई नेपाली काग्रेसको नवौ संसोधित विधान २०७५ को परिछेद २ को दफा १३ को (ङ) र राजनीतिक दल सम्वन्धि ऐन २०७३ को परिच्छेद ३ को (ख) बमोजिम बर्खास्त गर्नुपर्ने माग राखेको छ ।
सर्वोच्च अदालतले २०८० फागुन १५ गते वन विनाश गरी भ्रष्टाचार गरेको कसुरमा सभापति सिंहलाई दोषी ठहर गरेको थियो । सर्वोच्चले सिंहलाई चार महिना १५ दिन कैद सजाय हुने आदेश दिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।