- जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रवार एक प्रेस नोट जारी गर्दै दुई थान स्मार्ट वाच समेत बरामद गरेको जनाएको छ ।
रौतहट: रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षामा सामेल परीक्षार्थीले बोकेका तीन सय ४० थान मोवाइल सेट बरामद गरिएको छ ।
विभिन्न परीक्षा केन्द्रमा चिट चोर्ने प्रयोजनका लागि परीक्षार्थीहरुले आफ्नो शरीरमा मोवाइल लुकाइ छिपाई परीक्षा हलभित्र प्रवेश गराएकोमा चेकजाँचका क्रममा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रवार एक प्रेस नोट जारी गर्दै दुई थान स्मार्ट वाच समेत बरामद गरेको जनाएको छ । परीक्षा हलभित्र गार्डको रूपमा खटी आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगरेको र अमर्यादित क्रियाकलाप गरेका दुई जनालाई परीक्षा अवधि भरका लागि निष्काशित गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार राय बताए ।
उनका अनुसार बरामद गरि नियन्त्रणमा लिइएका मोवाइल सेट र स्मार्ट वाचका बारेमा आवश्यक अनुसन्धान कार्य भइरहेको छ । प्रहरीले कुन÷कुन परीक्षा केन्द्रबाट मोबाइल, स्मार्ट वाच र गार्डलाई निष्काशान गरेको खुलाएको छैन ।
पहिलो र दोस्रो दिनगरि ७ सय ६४ थान मोवाइल बरामद भइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा अन्तर्गत शुक्रवार अनिवार्य नेपाली विषयको परीक्षा भएको हो ।
यस वर्षको एसईई परीक्षामा यहाँ ४० वटा परीक्षा केन्द्रमा १० हजार ४ सय ८४ जना परीक्षार्थीहरु परीक्षामा सामेल भएको शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’