समाजमा विकृति ल्याउने चलचित्रहरु निर्माण हुनु दुःखद् :अध्यक्ष दाहाल
२०८१ चैत्र ७ विहिवार
- बिहीबार आठौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लो समय गुणस्तरहीन र समाजमा विकृति विसंगतीतिर धकेल्ने चलचित्रहरुपनि उत्पादन भइरहेको भन्दै त्यस्ता चलचित्रले समाजलाई अगाडि होइन अपराध र कुरुपतातर्फ धकेल्न प्रोत्साहित गरिरहेको पनि बताए ।
काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सूचना प्रविधिको विकाससँगै पछिल्लो समय गुणस्तरहीन र समाजलाई विकृतितिर धकेल्ने चलचित्रहरु उत्पादन भइरहेको बताएका छन् ।
बिहीबार आठौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लो समय गुणस्तरहीन र समाजमा विकृति विसंगतीतिर धकेल्ने चलचित्रहरुपनि उत्पादन भइरहेको भन्दै त्यस्ता चलचित्रले समाजलाई अगाडि होइन अपराध र कुरुपतातर्फ धकेल्न प्रोत्साहित गरिरहेको पनि बताए ।
उनले भने,‘सूचना प्रविधिको विकाससँगै पछिल्लो समय गुणस्तरहीन र समाजमा विकृति विसंगतीतिर धकेल्ने चलचित्रहरुपनि उत्पादन हुने गरेको पाइन्छ । त्यस्ता चलचित्रले समाजलाई अगाडि होइन अपराध र कुरुपतातर्फ धकेल्न प्रोत्साहित गरिरहेको छन् ।’
त्यस्तै उनले एआई जस्ता नयाँ प्रविधिको प्रयोगलाई अवसरमा बदल्न सकिएमा चलचित्र क्षेत्रमा नयाँ फ्डको मार्न सकिने धारणा राखे । डिजिटल प्रविधि, एआई जस्ता नयाँ प्रविधिले चलचित्र उद्योगमा अवसर र चुनौती दुबै एकसाथ ल्याएको भन्दै उनले चुनौतीलाई अवसरमा बदल्न चलचित्रकर्मीले नयाँ उचाइमा पुगेर चिन्तन गर्न आवश्यक रहेको बताए ।
उनले भने,‘आज विश्व चलचित्र उद्योगले प्रविधिको क्षेत्रमा आएको ठूलो परिवर्तनको सामना गरिरहेको छ । डिजिटल प्रविधि, एआई जस्ता नयाँ प्रविधिले चलचित्र उद्योगमा अवसर र चुनौती दुबै एकसाथ ल्याएको छ । नेपाली चलचित्र उद्योगलाई पनि यी नयाँ नयाँ प्रविधिले निमत्याएको चुनौतीलाई अवसरमा बदल्न चलचित्रकर्मीले नयाँ उचाइमा पुगेर चिन्तन गर्न आवश्यक छ । त्यसलाई अवसरमा बदल्न सकियो भने चलचित्र क्षेत्रमा नयाँ फड्को मार्न सकिन्छ ।’
नेपाली चलचित्र उद्योगले संस्कृति,परम्परा र ऐतिहासिक गौरव तथा सामाजिक यर्थातलाई विश्वसामु पुयौउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’