भूमि सम्बन्धी अध्यादेश प्रस्तुत गरिए अमान्य, ‘नो केवलकार’ आन्दोलनको समर्थन
२०८१ फागुन २० गते मंगलवार
- मंगलबार तीन दिनदेखि बस्दै आएको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताएका हुन् ।
काठमाडौं : जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठकले भूमि सम्बन्धी अध्यादेश सदनमा प्रस्तुत गरियो भने बाँकी पाँचवटा अध्यादेश पनि नमान्ने निर्णय गरेको छ ।
मंगलबार तीन दिनदेखि बस्दै आएको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताएका हुन् ।
उनले भने, ‘अध्यादेशको कुरामा अन्य पाँचवटा अध्यादेश प्रक्रियामा गएपछि सोही अनुरुप गर्ने । तर भूमि सम्बन्धी अध्यादेश नमान्ने निर्णय गरेका छौ । र सो अध्यादेश सरकारलाई फिर्ता लिन पनि आग्रह गरेका छौ । भूमि सम्बन्धी अध्यादेश प्रस्तुत गरियो भने बाँकी पाँचवटा पनि नमान्ने भन्ने कुरा पहिलादेखि नै प्रष्ट भन्दै आएका छौ ।’
यसको साथै, उनले ‘नो केबलकार’ आन्दोलनप्रति जसपा नेपालको ऐक्यबद्धता रहेको भन्दै आन्दोलनमा पक्राउ परेकाहरुलाई निशर्त रिहा गर्न र घाइते भएका सबैलाई निशूल्क उपचार गर्न सरकारलाई आग्रह गरेको पनि बताए ।
उनले भने, ‘नो केबलकार आन्दोलनप्रति जसपा नेपालको ऐक्यबद्धता रहेको कुरा सबैलाई जानकारी नै छ त्यो आन्दोलनमा पक्राउ पर्नु भएकाहरुलाई निशर्त रिहा गर्नको लागि सरकारलाई आग्रह गरेका छौ । त्यस्तै आन्दोलनमा घाइते भएका सबैलाई निशूल्क उपचार गर्नको लागि आग्रह गरेका छौ । वार्ता र संवादमार्फत नो केबलकार आन्दोलनलाई सम्बोधन गर्न पनि सरकारलाई आग्रह गरेका छौ ।’
यस्तै, बैठकले सबै भातृ संगठनको अधिवेशन बैशाख मसान्तभित्र सम्पन्न गर्ने र जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माणलाई पनि बैशाख मसान्तसम्म म्याद लम्बाउने निर्णय गरेको पनि उनले जानकारी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।