विदेशी दातृ निकायबाट कति पैसा आयो, सदलाई जानकारी होस् : सांसद सिंह

२०८१ फागुन १२ गते सोमबार
सारांश
  • सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आएको रकम के के कुरामा खर्च भयो भन्ने कुरामा सरकार मौन बस्न नमिल्ने बताएका हुन् ।

काठमाडौं: स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले अहिलेसम्म नेपालमा विदेशी दातृ निकायबाट कति सहयोग आएको छ भन्ने कुरा सरकारले सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् । 


सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आएको रकम के के कुरामा खर्च भयो भन्ने कुरामा सरकार मौन बस्न नमिल्ने बताएका हुन् ।


उनले भने, ‘सार्वभौम देशको सार्वभौम जनता हौं । कति पैसा धर्मानान्तरणमा भयो, कति जातजात लडाउनेमा भयो, कति देश टुक्राउनेमा लगानी भयो यसको सम्पूर्ण जानकारी राख्ने हक सदनलाई छ । दातृ निकायबाट कति सहयोग आएको छ त्यो सरकारले सदनलाई जानकारी गराउनुपर्दछ । ’ 


उनले नेपाल ग्रे–लिष्टमा पर्नुको कारण पनि अर्थमन्त्रीले सदनलाई जानकारी गराउनुपर्नेमा जोड दिए । उनले अहिलेको सरकारलाई कति पैसा एनजिओबाट नेपाल आयो र के मा लगानी भयो भनेर श्वेतपत्र जारी गर्न माग गरे ।

 

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार