राज्यले कर्णालीलाई वेवास्ता गरेको छ : डा. शेखर कोइराला
२०८१ फागुन १० गते शनिवार
- बालुवाटारमा शनिवार प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुसँगको चियापान समारोह कार्यक्रममा बोल्दै उनले राज्यले कर्णालीलाई जति महत्व दिनुपर्ने थियो त्यो हिसाबले नदिएको बताए ।
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्यले कर्णालीलाई वेवास्ता गरेको बताएका छन् ।
बालुवाटारमा शनिवार प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुसँगको चियापान समारोह कार्यक्रममा बोल्दै उनले राज्यले कर्णालीलाई जति महत्व दिनुपर्ने थियो त्यो हिसाबले नदिएको बताए ।
उनले भने, ‘राज्यले कर्णालीलाई हेरिरहेको छैन । राज्यले जसरी हेर्नुपर्ने त्यसरी हेरेको छैन । त्यहा हाइड्रो पावरको त्यस्तै राम्रो छ । होमस्टे, जडिबुटिको लागि उतिकै राम्रो छ । तर जडिबुटि त्यहाबाट ल्याएर इन्डिया, चाइना पठाएर मात्र हुदैन । त्यहा प्रशोधन गर्न राज्य लाग्नुपर्याे । यार्सागुम्बा प्रशोधन गर्न सक्छौ । कर्णालीमा धेरै छ ।’
उनले नेपाली काङ्ग्रेस कमजोर हुँदै गएको र त्यसलाई बचाउनुपर्ने जिम्मा प्रजातन्त्र सेनानीको रहेको पनि बताए ।
‘नेपाली काङ्ग्रेस तपाईहरु प्रजातन्त्र सेनानीहरुदले बचाउनु भएको हो । तपाईहरु नै हो अब नेपाली काङ्ग्रेसको खम्बा, नेपाली काङ्ग्रेस कमजोर हुँदैछ । अत्यन्त अप्ठ्यारो परिस्थीतिमा नेपाली काङ्ग्रेस छ । नेपाली काङ्ग्रेसलाई तपाईहरुले फेरी एकपटक बचाउनुपर्ने छ’ उनले भने
उनले प्रजातन्त्र सेनानीका प्रतिनिधिहरुलाई महाधिवेशन र राज्यको प्रतिनिधित्व गर्ने ठाँउमा ल्याउन सहयोग गर्ने पनि बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’