जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ: मन्त्री साही
२०८१ फागुन ०६ मंगलवार
- नेपाल सरकार विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय पहलहरुमार्फत जलवायु परिवर्तन न्यूनिकरणमा निरन्तर समर्पित रहेको बताए ।
काठमाडौं: वन तथा वातावरणमन्त्री ऐन बहादुर साहीले नेपालको दिगो वन व्यवस्थापन र जलवायु परिवर्तन न्यूनिकरणप्रति सधैँ दृढ प्रतिबद्धता रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपाल सरकार विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय पहलहरुमार्फत जलवायु परिवर्तन न्यूनिकरणमा निरन्तर समर्पित रहेको बताए ।
उनले भने, ‘नेपालको दिगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण र जलवायु परिवर्तन न्यूनिकरणप्रति दृढ प्रतिबद्धता रहेको कुरा यहाँ राख्न चाहान्छु । नेपाल सरकार विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय पहलहरु मार्फत जलवायु परिवर्तन न्यूनिकरणमा निरन्तर समर्पित रहेको छ । हामी अन्य साझेदारहरुको प्राविधिक ज्ञान, वित्तिय सहयोग तथा क्षमता विकासका कार्यमा सहयोग पु¥याउनु भएकोमा धन्यवाद भन्न चाहन्छु ।’
यसको साथै, उनले आजको यो संवाद सहकार्यलाई अझ बलियो बनाउने भन्दै असल अभ्यासहरुमा र सामूहिक रुपमा चुनौतीहरुको समाधान खोज्न पनि महत्वपूर्ण भूमिका खेल्ने बताए ।
वातावरण संरक्षण नियमावली र नयाँ रणनीतिको अन्तिम चरणमा काम भइरहेको पनि उनले जानकारी गराएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।