- आइतवार समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दुई पार्टीको सरकार भएपनि देशमा स्थिरता नभएको बताएका हुन् ।
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारसँग ऐन विधिपूर्वक ल्याएर पास गर्नसक्ने हुति नभएको बताएका छन् ।
आइतवार समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दुई पार्टीको सरकार भएपनि देशमा स्थिरता नभएको बताएका हुन् ।
उनले भने,‘दुई पार्टीको सरकार छ तर देशमा स्थिरता छैन् । एउटा ऐन विधिपुर्वक ल्याएर पास गर्न सक्ने हुत्ति सरकारसँग छैन । अध्यादेश ल्याउने त्यो पनि पास हुन्छ कि हँुदैन, हुने सम्भावना देख्दिन । फेल भयो भने यो सरकार के गर्छ ।’
उनले बहुदलीय समाजवाद भन्नु भन्दा मात्र भएको बताए । उनले भने,‘हामी अहिले समाजवादी क्रान्ति र रुपान्तरणको नया युगमा छौं । अब प्राप्त गर्न बाँकी समाजवाद हो ।
अहिले कसैले बहुदलीय समाजवाद भन्छन् त्यो भन्ने मात्र हो । त्यो बैज्ञानिक समाजवाद होइन । कसैले प्रजातान्त्रिक समाजबाद भन्छन् यो पनि अन्तर्राष्ट्रिय पुँजीवादले निकालेको फन्डा हो ।’
उनले सही बैचारिक राजनीतिक कार्यदिशा बनाउन नसके अप्ठेरोमा पर्ने पनि बताए । भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा नयाँ पूर्नजागरणको बेला भएको बताएका छन् । उनले देशको जुन परिस्थिति छ गणतन्त्रको पनि त्यस्तै अवस्था रहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ- जेलेन्स्की
-
नेपाली कांग्रेसको आधिकारिक सभापति हुँ : देउवा
-
१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने
-
साढे ७ करोड कमिसन बाँडिएको आरोपमा विशेष अदालतको फैसला ‘मौन
-
देउवा समूहको प्रभावमा परेर पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही हुन्छ- गगन थापा
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।