वृद्धा आश्रमलाई के बाल आश्रम भन्नु त ? - सांसद शाही

२०८१ फागुन ४ गते आईतवार
सारांश
  • शाहीले आफ्नो सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेर त्यसको प्रत्युत्तरमा सो कुरा बताएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई हरुवा चरुवाको भर्ति केन्द्र भएको आरोप लगाएका छन्।  

 

प्रतिनिधि सभा सदस्य शाहीले ५ दिन पहिले राष्ट्रिय सभालाई वृद्धाश्रम भएको आरोप लगाएका थिए । सो को बिरोधमा आज बसेको राष्ट्रिय सभाले सांसद शाहीलाई ‍तथ्यपरक विचार सम्प्रेषण गर्न ज्ञानेन्द्र शाहीलाई राष्ट्रिय सभाले निर्देशन दिएको थियो । 

 

आज राष्ट्रिय सभाले दिएको निर्देशनपछि सांसद शाहीले आफ्नो सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेर त्यसको प्रत्युत्तरमा सो कुरा बताएका हुन्।  

 

यस्तो छ सांसद शाहीले लेखेको स्टाटसको पूर्ण पाठ: 
वृद्धा आश्रमलाई के बाल आश्रम भन्नु त? 
(चुनाव हारेका हरुवा चरुवा लाई भर्ती गर्ने केन्द्र राष्ट्रिय सभा बनाएपछि हामीले हरुवा चरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो राष्ट्रिय सभाका  सम्माननीय अध्यक्षज्यू? 
मेरा विरुद्धमा खेद प्रस्ताव पारित गर्नुभन्दा जनतामा गएर चुनाव जितेर आउनुहोस् । हरुवा, चरुवा वृद्राआश्रममा जाने बाजे बजैलाई घरमा गएर आफ्ना नाति नतिनालाई  खेलाएर बस्न भन्नुहोस्। तर राष्ट्रिय सभालाई हामी युवाहरुको र राष्ट्रको भविष्य बर्बाद गर्ने थलो नबनाउनुस्।)


यतिबेला उनको सो अभिव्यक्तिले संजालमा व्यापक चर्चा पाईरहेको छ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार