नेपालमा आईआईटीको बाह्य शाखा स्थापना गर्ने मोदीको घोषणा

७ मार्ग, २०८३
सारांश
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नयाँ उद्यम प्रवर्द्धन केन्द्र, नवप्रवर्तन केन्द्र र भारतीय प्रविधि संस्थान (आईआईटी) को बाह्य शाखा स्थापना गर्ने घोषणा गरेका छन् ।

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नयाँ उद्यम प्रवर्द्धन केन्द्र, नवप्रवर्तन केन्द्र र भारतीय प्रविधि संस्थान (आईआईटी) को बाह्य शाखा स्थापना गर्ने घोषणा गरेका छन् ।

 

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपाली विद्यार्थीका लागि भारतमा कानुन र प्रविधि विषयमा छात्रवृत्तिका अवसरसमेत बढाउने बताएका छन् ।

 

त्यसैगरी, खाद्य प्रशोधन र कृषि उत्पादनको मूल्य अभिवृद्धिलाई प्रोत्साहन गर्न नेपालमा कृषि–औद्योगिक पार्क विकास गर्न भारतले सहयोग गर्ने उनले बताए ।

 

मोदीले भारतले लामो समयदेखि नेपाललाई पेट्रोलियम पदार्थसहित अन्य अत्यावश्यक वस्तुको भरपर्दो आपूर्तिकर्ताका रूपमा सहयोग गर्दै आएको उल्लेख गरे ।

 

भारतको छिमेकी पहिलो नीतिअनुसार यस वर्ष इन्धन आपूर्तिमा गम्भीर चुनौती हुँदाहुँदै पनि नेपालमा पेट्रोलियम पदार्थ, मल तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ति निरन्तर कायम राखिएको उनले बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार