रुसबाट फर्किए प्रचण्ड, पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई सुझाव

३ मार्ग, २०८३
सारांश
  • पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई निष्कर्षमा पुर्‍याउन सुझाव दिएका छन् ।

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई निष्कर्षमा पुर्‍याउन सुझाव दिएका छन् ।

 

रुस भ्रमणबाट बिहीबार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफू प्रधानमन्त्री हुँदा अघि बढाएका महत्वपूर्ण सहमति र परियोजनालाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।

 

उनले पञ्चेश्वर परियोजनासँगै विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सहकार्य र कृषि विकाससम्बन्धी सहमति पनि अघि बढाउनुपर्ने बताए। यी विषय टुंग्याउन सके नेपाल र भारत दुवैका लागि ऐतिहासिक उपलब्धि हुने उनको भनाइ छ ।

 

प्रधानमन्त्री शाहले राम्रो काम गरे आफू र आफ्नो पार्टीको सहयोग रहने पनि प्रचण्डले स्पष्ट पारे ।

 

प्रचण्ड प्रचण्ड कार्तिक २७ गते मस्को प्रस्थान गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार