घोप्टेभीरमा पहिरो, अझै खुलेन पृथ्वी राजमार्ग

२३ कार्तिक, २०८३
सारांश
  • चितवनको घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडक खण्ड आज बिहानैदेखि दुईतर्फी अवरुद्ध भएको छ।

काठमाडौं : चितवनको घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडक खण्ड आज बिहानैदेखि दुईतर्फी अवरुद्ध भएको छ। 

 

बिहान करिब साढे ४ बजे ठूलो पहिरो खसेपछि सडकमा यातायात आवागमन ठप्प भएको हो । पहिरो हटाउन अहिले पाँच वटा मेसिन परिचालन गरिएको छ ।

 

नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का अनुसार थप पहिरो नखसेमा करिब तीन घण्टाभित्र पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने अनुमान गरिएको छ ।

 

यसअघि आइतबार पनि सोहि ठाउमा पहिरो जादा सडक अवरुद्ध भएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण

रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

थप समाचार